तनहुँ । नेपाली कांग्रेस तनहुँले दुई जनालाई निलम्बन र ११ जनालाई कारबाही गरेको छ ।

नेपाली कांग्रेस तनहुँले आज एक विज्ञप्ती जारी संविधान सदस्य झुलबहादुर आले र नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापति तिलबहादुर थापालाई निलम्बन गरिएको जनाएको छ ।

जारी विज्ञप्तीमा स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्धमा गतिविधी गरेको भन्दै आले र थापालाई निलम्बनल गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तीमा उल्लेख गरिए अनुसार अनुशासन समितिले नेपाली कांग्रेसका कैची चिन्ह लिएर व्यास नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका व्यास २ निवासी दीपकराज जोश, भानु नगरपालिका वडा नं १ का क्रियाशिल सदस्य नारायण पन्थ, भानु नगरपालिका वडा नं ११ सदस्य हस्तबहादुर क्षेत्री, भानु नगर समितिका सचिव सीताराम बानियाँ, म्याग्दे ३ का क्रियाशिल सदस्य गंगादत्त अधिकारी, सीता अधिकारी, क्षेत्रीय प्रतिनिधी रामचन्द्र श्रेष्ठ, म्याग्दे गाउँपालिका वडा नं १ का क्षेत्रीय प्रतिनिधी विष्णुबहादुर थापा, मुक्तिनाथ खनाल ,आँबुखैरेनी गाउँपालिका वडा नं २ का क्षेत्रीय प्रतिनिधी कटकबहादुर थापा , आँबुखैरेनी वडा नं ५ का क्षेत्रीय प्रतिनिधी पञ्चबहादुर गुरुङलाई कार्वाही गरिएको कांग्रेस तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *