चैत्र ७ गते २०७६

पुरूषोत्तम न्याैपानेकाे काेराना राेकथामका लागि सचेतना गीत

संसारभर काेराना भाइरसकाे त्रास बढदै गएको अबस्थामा गायक पुरूषोत्तम न्याैपानेले काेराना भाइरस सम्बन्धी सचेतनामुलक गीत बजारमा ल्याएका छन् । उनले अाफ्नै युट्युव च्यानलबाट शुक्रबार साँझ गीत सार्वजनिक गरेका हुन ।

पुरूषोत्तम न्याैपाने, माया गुरूङ, ज्याेती लाेहनी र इश्वर सिंहकाे स्वर रहेकाे गीतकाे तेजेन्द्र गुरूङले एरेञ्ज गरेका हुन् । गीतकाे शब्द र लय गायक पुरूषोतम न्याैपानेकाे रहेकाे छ ।

काेराना भाइरसकाे बारेमा बास्तबिक जानकारी नपाउँदा धेरै मानिस अन्याैलमा रहेकाेले सचेतना जगाउनका लागि गीत बजारमा ल्याइएकाे गायक न्याैपानेले बताए । ‘गीतका माध्यमबाट सचेतना जगाउन अावश्यक छ,’ उनले भने, ‘गीतले काेरानाबाट कसरी बच्ने भन्ने सन्देश दिएकाे छ ।’ गीतकाे व्यवस्थापन राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले गरेकाे छ ।

भिडियो हेर्नुहाेस्

306Shares