चैत्र १० गते २०७६

भजन गीत मार्फत काेराेना बिरूद्धकाे सचेतना

काेराेना भाइरसकाे सचेतनाका लागि डिजिटल स्टार रेकिडिड्ग स्टुडियोले नयाँ भजन गीत सार्वजनिक गरेकाे छ । तारानाथ आचार्यको लय र शब्द रहेकाे भजन शैलीकाे गीतकाे लय कृष्ण अधिकारीकाे रहेकाे छ । भिडियोकाे छायांकन गणेश सापकोटाले गरेका छन् ।

काेराेनाको संक्रमण फैलिने त्रास संगै आम मानिसमा कसरी साबधानी अपनाउने भन्ने चाँसाे बढेकाेमा गीतले सचेतनाकाे पाटाेलाइ समेटेकाे गायक आचार्यले बताए । गीतले सरल भाषामा कसरी हातधुने, ताताे पानी तताएर सेवन गर्नुपर्ने, हात मिलाउनुकाे सट्टा नमस्कार गर्नुपर्ने , अनावश्यक रूपमा घरबाट बाहिर निस्कन नहुने लगायतको सन्देश प्रवाह गरेको छ ।

हेर्नुहाेस् भिडियो…

71Shares