चैत्र १५ गते २०७६

गायिका जमुना आचार्यको आवाजमा “ए कान्छा ” ( भिडियो सहित )

नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” गीतको भिडियो युटुवमा सार्वजनिक भएसगैँ चर्चाको शिखरमा रहेको छ । मौलिक लोक लय र सामाजिक विषय वस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन । मायालु प्रेमी प्रेमीकाको जीवन भोगाईलाई गीतमा समेटिएको छ ।

जमुना आचार्यको शब्द तथा लय सिर्जना रहेको गीतमा धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ। ”ए कान्छा ” गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ ।
भिडियो हेर्नुहाेस् ।

8Shares