तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका मणिभद्र वाग्ले विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार वाग्ले ६९९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विनोद खनालले ५३६ मत प्राप्त गरे । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले २८१ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका मीनबहादुर थापा ६३८, नेकपा एमालेका मिनबहादुर गुरुङ ६०८, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर ७१४ र दलित महिला सदस्यमा नेकपा एमालेका केशरी सुनार ६९६ मत प्राप्त गरी विजयी भएका छन् ।

२०७४ को निर्वाचनमा यो वडामा नेपाली काग्रेसले विजयी हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *