चैत्र १६ गते २०७६

नवराजले ल्याए ‘काेराेना भाइरस बिरूद्ध लडाै’ गीत (भिडियो सहित)

बाराही मिडिया प्रा.लि.ले कोरोना सचेतना सम्बन्धी गीत ‘काेराेना भाइरस बिरूद्ध लडाै’ बाेलकाे गीत सार्वजनिक गरेको छ । पत्रकार प्रदीप काफ्लेको शब्द रहेको गीतको लय र स्वर तनहुँका गायक नवराज थापाको रहेको छ । गीत वाराही मिडियाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
अहिलेको अबस्थामा कोरोना १९ को संक्रमणका विषयमा चलेका हल्ला अफवाहलाई चिर्न गीतले सहयोग पुगेको गीतका रचनाकार काफ्लेले बताए ।
‘राज्यमा संकट परेका समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ’ उनले भने, ‘अहिलेको अबस्थामा पनि कविले कवितामार्फत, गीतकारले गीतका मार्फत, स्वास्थ्यकर्मीले बिराामीको उपचार गरेर सहयोग गर्न आवश्यक छ।’
चीनको वुहानबाट शुरु भएको कोराना संक्रमणका विरामी नेपालमा समेत भेटिन थालेपछि सचेतना जगाउने उद्देश्यले पछिल्लो समय देशमा सचेतनामुलक गीत सार्वजनिक गर्ने क्रम चलेको छ ।

196Shares