चैत्र १७ गते २०७६

विपन्नको सारथी बन्दै व्यास युवा क्लव

दमौली, १७ चैत

व्यास नगरपालिका-४ मा ज्याला मजदूरी गरी छाक टार्ने विपन्न परिवारलाई व्यास युवा क्लवको पहलमा चामल वितरण गरिएको छ । जिल्लाका विभिन्न ठाउँका सहयोगीले उपलब्ध गराएको खाद्यान्न क्लवको पहलमा वितरण गरिएको हो ।

लकडाउन कारण काम नपाएर समस्यामा परेका परिवार पहिचान गरी सामग्री वितरण गरिएको क्लवका अध्यक्ष मीन बहादुर गुरुङ (चरी बाबा) ले जानकारी दिनुभयो । क्लवका अध्यक्ष गुरुङ र सल्लाहकार लक्ष्मीभक्त खनालले विपन्न परिवारको घरमै पुगेर सहयाेग हस्तान्तरण गर्नुभएको छ ।

खाद्यान्न दाल, तेल र चामल हस्तान्तरणको लागि दमौली व्यास २ स्थित (मिर्लुङ मेडिकल) राम चन्द्र अधिकारि र नानू माया अधिकारिबाट १० बोरा चामल, २० पोका तेल र दाल, व्यास दुई निबासी झलक मान श्रेष्ठ (भरत स्टोर)बाट ५ बोरा र व्यास एक निबासी राम भक्त रानाभाट (भक्तेभाइ ) बाट ५ बोरा चामल, व्यास चार निबासी म्याग्दे गाउँ कार्यपालिका सद्श्य राम कृष्ण बिकबाट ३ बोरा चामल, व्यास दुई निबासी निर्माण व्यवसायी ई.सुबर्ण श्रेष्ठबाट ३ बोरा चामल, व्यास चार निवासी क्लबका सल्लाहकार एबम युवा नेता लक्ष्मी भक्त खनालबाट २ बोरा चामल उपलब्ध भएको थियो ।

191Shares