भानु । तनहुँको भानु नगरपालिका वडा नं-१ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसकी कान्छीमाया तामाङ विजयी भएकी छिन । अन्तिम मतपरिणाम अनुसार भानु-१ मा तामाङको प्यानल नै विजयी भएको हो ।

वडाअध्यक्षमा विजयी तामाङले ६७२ मत पाइन । उनको प्रतिष्पर्धी नेकपा एमालेका प्रेम बहादुर लामाले ४६८ मत पाए ।

यस्तै वडा सदस्यतर्फ महिला सदस्यमा टक माया गुरुङले ७६५ मत, दलित महिला सदस्यमा सावित्री सुनारले ७५१ मत, खुल्ला सदस्यतर्फ तुल बहादुर गुरुङले ७४४ मत र विवेक श्रेष्ठले ७७६ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *