चैत्र २० गते २०७६

काेभिड – १९ : नतिजा नेगेटिभ

दमाैली, २० चैत

तनहुँको ऋषिङ गाउँपालिका–६ पुरानो ऋषिङका ४८ वर्षीय लालबहादुर थापाको कोेरोना भाइरस (कोभिड —१९ ) नतिजा नेगेटिभ आएको छ । ज्वरो आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहाँको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । सोमबार स्वाब सङ्कलन गरिएकोमा बुधबार प्राप्त भएको रिपोर्ट अनुसार थापामा कोरोना सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुयो । दुई हप्ता अगाडी भारतबाट फर्किएका थापालाई ज्वरो आएको थाहा पाएपछि गाउँपालिकाले आइतबार परीक्षणका लागि पोखरा पठाएको थियो । उक्त दिन प्रतिष्ठानले उहाँलाई भर्ना नलिएपछि उहाँले प्रतिष्ठान प्राङ्गणमा रात बिताउनुभएको थियो । उहाँको बारेमा विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि सोमबार प्रतिष्ठानले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । –––

41Shares