चैत्र २० गते २०७६

छैटाैं व्यक्तिमा पनि भेटियो काेराेनाकाे संक्रमण

काठमाण्डाै– नेपालमा अर्का एक जनालाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएका एक युवामा कोरोनाको भाइरस पाइएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

पहिलो कोरोना संक्रमित व्यक्ति उपचारपछि निको भइसकेका छन् भने दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया एक युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

152Shares