बन्दीपुर । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाअध्यक्षमा पुन: ध्रुव प्रसाद लामिछाने ५९१ मत सहित बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मिमबहादुर गुरुङको ३९२ मत र नेपाली काग्रेसको उम्मेदवार रिता तिवारीले ३३७ मत प्राप्त गरेकी छन् ।

वडाअध्यक्षमा विजयी लामिछाने दोश्रो कार्यकालको लागी वडा नं ५ बाट उम्मेदवार बनेका थिए । यसअघि २०७४ सालको स्थानिय तह निर्वाचनमा पनि वडाध्यक्षमा लामिछाने बिजयी भएका थिए ।

यस्तै महिला वडा सदस्यमा माओवादी कै रन्जिता श्रेष्ठ रानाले ५५३ मत, दलित महिला सदस्यमा विन्दु नेपालीले ५५५ मत, खुल्ला सदस्यमा छविलाल गुरुङले ५२२ र लक्ष्मी गुरुङ ५०२ मत पाएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *