तनहुँ । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे निर्वाचित भएका छन् ।

मेयरमा विजयी त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईंले ९ हजार ४३ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा निर्वाचित गोतामेले १० हजार ५४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत पाए ।

४० हजार ९६६ मतदाता रहेको भानु नगरपालिकामा २५ हजार ५७२ मत खसेको थियो । १३ वडामध्ये कांग्रेसले ९, एमालेले २ र स्वतन्त्रले २ वडामा जित हासिल गरेका छन् ।

कुन वडामा को विजयी ?

भानु-१ को वडाध्यक्षमा काङ्ग्रेसका कान्छीमाया तामाङ, वडा नम्बर २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा काङ्ग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा काङ्ग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा काङ्ग्रेसका नहकुल अधिकारी, ६ को अध्यक्षमा काङ्ग्रेसका धिरेश खनाल, ७ को अध्यक्षमा काङ्ग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा काङ्ग्रेसका इश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा काङ्ग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ वडा नं १२ मा काँग्रेसका बेलबहादुर अधिकारी र वडा नं १३ स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *