तनहुँ । तनहुँको ठुलो नगरपालिका व्यासको मतगणना जारी छ । व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीले अग्रता लिईरहेका छन । उनलाई वैकुण्ठनाथ न्यौपानेले पछ्याईरहेका छन् । अहिले न्यौपानेले मतान्तर घटाउन थालेका छन् ।

मतान्तर घटाउने क्रममा पछिल्लो नतिजामा न्यौपाने र उनका प्रतिस्पर्धी दिपकराज जोशी बीचको मतान्तर ५ सय २२ हुन पुगेको छ । व्यास-६ को मतगणना सुरु भएपछि न्यौपानेको मतान्तर कम हुन थालेको हो ।

वडा नं १ मा समेत न्यौपाने जोशी भन्दा अगाडि रहेका छन् । नगरपालिकाको वडा नं २, ३ र ४ मा न्यौपाने निकै पछाडि रहेका थिए । वडा नं ५ मा समेत न्यौपाने पछाडि नै रहेका छन् । वडा नं ७ मा केही मतले न्यौपाने अगाडि रहेका छन् । ग्रामीण भेगको मतगणनामा न्यौपाने अगाडि बढ्ने अनुमान गरिएको छ ।

जोशी नेकपा एमाले र गोविन्दराज जोशी समुहको तालमेलबाट व्यास नगरपालिकाको मेयरका उम्मेदवार बनेका हुन् भने न्यौपाने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् ।

स्थानीय तहको निर्वाचन २०७९ अन्र्तगत व्यास नगरपालिकामा जारी मतगणनामा १० हजार ८३२ मतगणना हुदाँ एमाले र जोशी समुहका दीपकराज जोशीले अग्रता लिएका छन् ।

जोशीले ५२२ मतान्तरले अग्रता लिएका छन् । उनले ४ हजार ६९७ त ल्याउँदा काँग्रेसका वैकुण्ठ न्यौपानेले ४ हजार १७४ मत पाएका छन् । न्यौपाने व्यास नगरपालिकाको निवर्तमान प्रमुख हुन् ।

उपमेयरमा कांग्रेसकी दरै अगाडी

त्यस्तै, उपप्रमुखमा भने नेपाली कांग्रेसकी इन्दिरा दरै अगाडी छिन । दरैले ४ हजार ६७८ पाएकी छिन् भने एमाले जोशी गठबन्धनकी बसुन्धरा घर्तीले ३ हजार ८४६ मत ल्याएकी छिन् । १४ वटा वडा रहेको व्यास नगरपालिकामा कुल ४७ हजार ५४२ मतादाता रहेकोमा ३० हजार २४७ मत मात्र खसेको छ ।

व्यास नगरपालिकाको वडा नं-१, २ र ३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । व्यास-१ मा रमेशचन्द्र हड्खले विजयी भएका छन् । हड्खलेले १ हजार ४३८ मत पाएर विजयी भएका हुन्  । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार चुडामणि दाहालले ७५३ मत पाए ।

व्यास-२ को वडाध्यक्षमा काशी राम श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले ८३८ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ (राकु)ले ३९० मत र नेकपा एमाले र जोशी समुहका दीर्घ थापा १८८ मत पाए ।

व्यास-३ को वडाध्यक्षमा अनुप राना विजयी भएका छन । रानाले ६५७ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी एमालेका बलराम श्रेष्ठले २५२ मत पाए ।

व्यास-४ मा एमालेले वडाध्यक्ष जितेको छ । वडाध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसका देवबहादुर गुरुङलाई पराजित गर्दै उनी वडाध्यक्ष बनेका हुन् । वडाध्यक्षमा विजयी गुरुङ यसअघिका वडा सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *