गृहपृष्ठ » विशेष, समाचार, समाजअागलागी पीडित रानालार्इ युकेबाट सहयाेग

अागलागी पीडित रानालार्इ युकेबाट सहयाेग

४४४ पटक बिहीबार, ३१ जेठ

दमाैली – आगलागीबाट पीडित व्यास–६ की अमुनामाया रानालाई युकेमा कार्यरत व्यास–१४ का नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
युकेमा रहेका व्यास–१४ रुम्सी निवासी यान्क बहादुर आलेले ५० पाउण्ड, मेजर कुलबहादुर थापाले ७५ पाउण्ड, अमृत थापाले ७५ पाउण्ड, रुक बहादुर आलेले ७५ पाउण्ड, भिमबहादुर आलेले ५० पाउण्ड, थिरबहादुर आलेले ५० पाउण्ड, यमबहादुर आलेले ५० पाउण्ड, हरिमाया थापाले ५० पाउण्ड, दुर्गा बहादुर आलेले २० पाउण्ड, मनमाया आलेले १० पाउण्ड, लेखविक्रम थापाले २० पाउण्ड, होमबहादुर रानाले ३५ पाउण्ड, खरीमायाले ५ पाउण्ड र पूजा थापाले २० पाउण्ड गरी ५ सय ८५ पाउण्ड सहयोग गरेका छन् ।
व्यास–१४ रुम्सीका लक्ष्मण आलेको विशेष पहलमा युकेमा रहेका नेपालीहरुले आगलागी पीडित रानालाई आर्थिक सहयोग गरेका हुन् । २०७४ माघ २० गते जंगलमा लागेको आगो सल्केर आगलागी हुँदा रानाको सम्पूर्ण लत्ताकपडा, अन्न लगायतका सामग्री नष्ट भएको
थियो ।

प्रतिकृया दिनुहोस्