एनएमबि लघुबित्तलाइ एक महिना घरभाडा मिनाहा

Byखवरबाटिका

२३ असार २०७७, मंगलवार १३:१६ २३ असार २०७७, मंगलवार १३:१६ २३ असार २०७७, मंगलवार १३:१६

दमाैली – व्यास नगरपालिका १ तालघरे निवासी उमराज नहर्की परिवारले एक महिनाकाे घर भाडा मिनाहा गरेका छन । उनीहरूकाे घरमा भाडामा बस्दै अाएको एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडको दमाैली शाखा तालघरेलाई एक महिनाकाे घरभाडा मिनाहा गरेका हुन ।

२०७३ मंसिर १ देखी अाफ्नो घरमा भाडामा कारोबार संचालन गर्दै अाएको बित्तिय संस्थालाइ असार महिनाकाे घरभाडा मिनाहा गरेकाे नहर्कीले बताए । लकडाउनकाे कारण सबै क्षेत्र प्रभावित बनेकाे अबस्थामा संस्थालाइ पनि एक महिनाकाे घर भाडा वापतकाे रकम मिनाहा गरेकाे उनकाे भनाइ छ।

कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनकाे समयमा सबै क्षेत्र समस्यामा परेकाे अबस्थामा घरधनीले एक महिना अवधीकाे घरभाडा मिनाहा गरेर संस्थालाइ सहयोग गरेकाे एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडको दमाैली शाखा तालघरेकी शाखा प्रबन्धक राेजिना कंडेलले बताइन ।

नेपाल राष्ट्र बैङकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको बित्तिय संस्थाले देशका ५६ वटा जिल्लामा १०० वटा शाखा कार्यलयहरुबाट आफ्ना ग्राहक सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *