हालै बिवाह बन्धनमा बाधिएका एक दम्पतीले काेराेना काेषमा रकम सहयोग गरेका छन । म्याग्दे गाउँपालिकाका संकल्प दुड्गानाकाे दम्पतीले मंगलबार गाउँपालिकामा बिवाह दर्ताकाे प्रमाण पत्र लिदै गाउँपालिकाकाे कोरोना नियन्त्रण तथा उपचार काेषमा ५ हजार १ सय रूपैया सहयोग गरेका हुन ।
उक्त रकम नव दुलाहा संकल्प ढुड्गाना र बेहुली रीता ढकालले गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाइ रकम हस्तान्तरण गरेका हुन । लकडाउनकाे समयमा बिवाह बन्धनमा बाधिएकामा जाेडीले काेरोना काेषमा सहयोग गर्न पाएकाेमा खुसी व्यक्त गरे ।
ढुड्गाना पाेखरा महानगरपालिकाका कर्मचारी हुन भने ढकाल अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन ।