December 10, 2022

गायिका कला लम्सालले तीजकाे अबसरमा पातली २ बाेलकाे गीत सार्वजनिक गरेकी छिन । शिव हमालकाे लय शब्द रहेकाे गीत बिहीबार कला लम्सालकाे युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे ।

‘एेना हेरी हेरी मनकाे धाेकाे नफेरी’ बाेलकाे गीतमा कला लम्सालसंगै दिपासा बिसीले अभिनय गरेकी छिन । प्रकाश भट्टकाे निर्देशन रहेकाे भिडियोमा हाेम गुरूङकाे नृत्य निर्देशन, सुरेश श्रेष्ठको छायांकन, बिजय गुरूङले ड्रोन अपरेटर र बिष्णु शर्माले सम्पादनकाे काम गरेका थिए । पातली २ गीतले तीजको माैलिकतालाइ समेटेकाे गायिका कला लम्सालले बताइन । ‘तीज पर्वमा माैलिकतालाइ बिर्सिनु हुँदैन,’ उनले भनिन, ‘त्यसैले सबैका लागि यसपाली पनि पोहोरकाे झैँ माैलिक गीत बजारमा ल्याएकी छु ।’

लकडाउनका कारण यसपाली कलाले अाफ्नो भिडियो छायांकनकाे कार्य पाेखरामा गरेकी हुन । एेना हेरी हेरी (पातली २) सर्जक शिव हमालले रचना गरेकाे यसपालीकाे दाेश्राे तीज गीत हाे । उनकाे शब्द तथा लय रहेकाे ‘बाला जोबन’ बाेलको गीत तुलसी क्षेत्रीकाे स्वरमा यस अघि नै सार्वजनिक भइसकेकाे छ ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *