May 17, 2022

रामबहादुर धामी

आँबुखैरेनी – दुबै मृगौंलामा समस्या भएपछि उपचाररत आँबुखैरेनीका २ मृगाैला बिरामीलाइ प्रगती मार्ग टोल सुधार समितीले अार्थिक सहयोग गरेकाे छ । आँबुखैरेनी गाउँपालिका – ३, छबिसे टोल नजिकै कोठा भाडामा लिएर बसोबास गर्दै आएका मृगौंला पिडीत मंगल ढकाल र भुवन तामाङ्गको परिवारलाइ अार्थिक सहयाेग गरेका हुन ।

औषधी उपचारमा सहयोग पु¥याउने उद्देश्यले दुबै मृगाैला बिरामीकाे परिवारलाइ ५ हजार रूपैयाकाे दरले आर्थिक सहयोग गरिएको प्रगती मार्ग टोल सुधार समितीका अध्यक्ष लाल बहादुर थापाले जानकारी दिए ।

टोल समितिका उपाध्यक्ष बिमला देवकोटा, सचिव प्रताप थापा, कोषाध्यक्ष दिनेश कार्की लगायतको उपस्थितीमा मृगौंला बिरामी ढकालकी श्रीमती बिमला ढकाल र तामाङ्गकी श्रीमती सपना तामाङ्गलाई आर्थिक सहयोग प्रदान गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published.