May 18, 2022


नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, “नबिल डिजि बैंक” स्थापनाको घोषणा गरेको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियास“गको एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत ‘नबिल डिजी बैक’ घोषणा गरेको हो । नबिल डिजि बैंक मार्फत ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको बैकले जनाएको छ ।

अनलाइन कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । नबिल डिजि बैक मार्फत अागमीका दिनमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै बैकले सेवाग्राही प्रतिकाे लक्ष्यमा पुग्ने उनले बताए ।

रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसंग रणनैतिक साझेदारी आरम्भ गरिसकेकोे बैकले जनाएकाे छ ।

अनिल शाहले बैंकका नायब महाप्रबन्धक श्री विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थायी संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको प्रष्ट पारे । साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे । मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न बैकले बिश्वास लिएकाे छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै हुवावै टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । हुवावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे ।
नबिल डिजि बैंकका प्रमुख विनय कुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आर्थिक सेवा मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे प्रकाश पारे ।


सोही कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छालाई पहिल्याउँदै त्यसलाई आफ्ना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिइन । अब ग्राहकवर्गले महसूस गर्ने गरि बैंकिङ सेवाको स्तर निकै बढ्ने आशा व्यक्त गर्नुभयो । नायक अनमोल केसीले बैंकिङ सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको धारणा व्यक्त गरे ।

नबिल डिजि बैंक अन्तरगतका, डिजिटल बैंकिङ प्रमुख निरज शर्माले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै, नबिल बैंकको रुपान्तरणको यात्रालाई ग्राहकमुखी बनाउन समुदायको हरेक पक्षको सहभागिता तथा रचनात्मक आलोचना अपरिहार्य रहेको स्मरण गराए ।

Leave a Reply

Your email address will not be published.