जन्मदिनमा दर्शकलाइ सुनिलकाे उपहार ‘झरीपरेको रात’

गायक सुनिल गिरीले अाफ्नो जन्मदिनमा अाफ्ना दर्शकलाइ नयाँ गीत उपहार दिएका छन । उनले बिहीबार झरी परेकाे रात बाेलकाे गीत सार्वजनिक गरेका हुन ।

सुनिल गिरी र डाक्टर तिर्सला गुरूङकाे स्वर रहेकाे गीतकाे लय तथा शब्द सुनिल गिरीकै रहेकाे छ । ‘यो एक माया पीरतीकाे बिषयबस्तु रहेकाे गीत हाे ।’ सुनिलले भने, ‘यसलाइ पनि दर्शककाे माया पाउनेमा बिश्वस्त छु ।’

भिडियाेमा सुनिल संगै पाेखराकी श्रृया शर्माले अभिनय गरेकी छिन । श्रृयाले सुनिलकै ‘कस्ताे याे मन’ बाट भिडियाेमा डेब्यु गरेकी थिइन । अनिल मानन्धर र बिबेक विकले छायांकन गरेकाे भिडियोमा पवन सिंखडाले पाेष्टर डिजाइन र प्रचारकाे जिम्मेवारी निभाएका छन ।

धेरै साथीभाइ र शुभेच्छुकबाट जन्मदिनमा शुभकामना मिल्ने गरेकाेमा अाफूले साथीभाइलाइ र शुभचिन्तकलाइ पछिल्ला बर्षमा जन्मदिनमा गीत काेसेली दिने गरेकाे सुनिलले बताए । अघिल्लो बर्षको जन्मदिनमा सुनिलले ‘यात्री’ बाेलकाे गीत सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close