वन कार्यालयकाे बार्षिक प्रगती सार्वजनिक

Byखवरबाटिका

२ श्रावण २०७७, शुक्रबार १५:२४ २ श्रावण २०७७, शुक्रबार १५:२४ २ श्रावण २०७७, शुक्रबार १५:२४

दमाैली – डिभिजन वन कार्यालय तनहुँले आर्थिक बर्ष २०७६/७७ काे बार्षिक प्रगती सार्वजनिक गरेकाे छ । शुक्रबार दमाैलीमा पत्रकार सम्मेलन मार्फत वन कार्यालयले एक बर्षकाे अबधीमा गरेका कार्यकाे प्रगती सार्वजनिक गरेको हाे ।

एक वर्षको अबधीमा कार्यालयले मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन, बिद्युतीय चार्जि स्टेसन निर्माण, ८ लाख ८८ हजार बिरुवा उत्पादन, वृक्षरोपण तथा बोटविरुवा वितरण, कृषि वनको मोडल तयारी , फलफूल वनको मोडल तयारी, बन्यजन्तु संरक्षणको लागि पानीका मुल, घाँसेमैदानको अवश्यकता अध्ययन कार्य योजना तयारी र कार्यन्वयका क्षेत्रमा काम गरिएको डिभिजन वन कार्यालय तनहुँका डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए ।

नेपालहरुका दुई जिल्लाका वन कार्यालयबाट फलफूलको बिरुवा वितरण गरिएकाेमा डिभिजन वन कार्यालय तनहुँ पनि एक भएकाे कार्यालयले जनाएकाे छ । गत आर्थिक बर्षमा मात्र तनहुँबाट ३४ हजार बिरुवा अन्य जिल्लामा पठाइएकाे कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । तनहुँ जिल्लालाई बिरुवा हवको रुपमा परिचित गराईएको कार्यालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *