May 16, 2022

दमाैली – नबिल बैंकले बार्षिकाेत्सवकाे अबसरमा ३६आैं वार्षिकोत्सव अफर घोषणा गरेकाे छ । कोरोना संक्रमणको जाेखिमपूर्ण अबस्थालाइ मध्यनजर गर्दै, नबिल बैंकले ऋणी तथा ग्राहकको आवश्यकतालाई सहज पार्ने उद्देश्यले “३६अाैं वार्षिकोत्सव योजना” सार्वजनिक गरेको हाे । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने बैकले जनाएकाे छ ।
नयाँ कर्जा याेजना अन्तर्गत घर कर्जामा ७.९९%, धितो कर्जामा ८.४९%, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९% र साना तथा मझौला कर्जामा ७.९९%, व्याज दर कायम गरिएकाे नबिल बैक दमाैली शाखाका प्रमुख बिशाल डंगाेलले जानकारी दिए ।

सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाबाट अगाडी बढाउन सकिने नबिल बैकका संस्थागत संचार बिभागका प्रमुख कृष्ण सुवेदीले बताए । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास लिएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.

Holler Box