रोटरी क्लब अफ दमौलीद्धारा रोटरीयनलाई कट्स

Byखवरबाटिका

३ श्रावण २०७७, शनिबार २२:४० ३ श्रावण २०७७, शनिबार २२:४० ३ श्रावण २०७७, शनिबार २२:४०

दमाैली – रोटरी क्लब अफ दमौलीले क्लबका पदाधिकारीका लागी क्लब अफिसर ट्रेनिङ सेमिनार (कट्स) सम्पन्न गरेको छ । क्लबका नव आगन्तुक सदस्यहरुलाई क्लबको इतिहास, काम कर्तव्य र अधिकारको बारेमा जानकारी दिन तथा पुराना सदस्यहरुलाई नयाँ अद्यावधिक भएका क्लब सम्बन्धी सुचनाका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिना कैनीले जानकारी दिइन ।
क्लबका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरीले समाजमा अलग पहिचान बनाउन सफल भएकाले समय र सन्दर्भ बदलिदै जादा सोही अनुसार आफुलाई अपडेट गर्दै जानु पर्ने बताए । पेशा र सेवामा इमान्दर मानिसहरु मिलेर क्लब स्थापित गरेको चर्चा गर्दै न्यौपानेले यसको छविलाई उच्च बनाउन रोटरी क्लबका सबै सदस्यहरुले असल संस्कार सिक्न र अवलम्बन गर्न आवश्यक रहेकोमा जोड दिए । त्यस्तै क्लबका संस्थापक अध्यक्ष एवम् संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले अहिलेको वर्तमान अवस्थामा समाजमा परेको प्राकृतिक विपत्तीमा क्लबले सहयोग गर्न आवश्यक रहेको बताए। “हामी रोटरीयनहरुले समाजमा निस्वार्थ सहयोग गरी रहेका छौँ अबको समयमा पनि समाजमा परेका समस्याहरु निवारणमा हाम्रो साथ र सहयोगको खाचोँ छ” उनले भने ।
सो अवसरमा क्लबका पुर्व अध्यक्ष एवम् रोटरी डिष्ट्रीक को–ट्रेनर हरिसिं गुरुङ्ले रोटरीको परिचय, यसको स्थापना , ऐतिहासिक विकासक्रम, रोटरी क्लबको सदस्ययता , रोटरीका कार्यक्षेत्र र रोटरी क्लबका विभिन्न पद तथा पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार लगायतका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै गरी पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठले रोटरीका मुख्य स्रोतहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्लबको ५ मुख्य समितिको तर्फबाट आफ्नो कार्यकालमा गर्ने गतिविधिहरुको बारे कार्ययोजना प्रस्तुत गरिएको थियो । तालिममा क्लबका २६जना पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट दिनेशकुमार श्रेष्ठले स्वागत र निवर्तमान अध्यक्ष सुर्जकुमार मल्लले धन्यवाद ज्ञापन गरेका थिए भने क्लबका सचिव सागर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *