December 8, 2022

बिनाेद श्रेष्ठ/मुग्लिन

नेपालको पहिलो केबुलकार मनकामना दर्शन प्रा.लिका कर्मचारीहरुले पूर्ण सुरक्षाका उपाय अवलम्बन गरी केबुलकार सेवा सुचारू गर्न माग गरेका छन ।
सरकारले कोभिड – १९ को महामारीलाई मध्यनजर गर्दै चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपनि मनकामना केबुलकारले यात्रु एवं भक्तजनको स्वास्थ्यलाइ ध्यान राख्दै चैत्र ८ गते देखि नै मनकामना केबुलकार सेवा बन्द गरेको थियो।
केबुलकार सेवा बन्द भएको ४ महिना बितिसक्दा समेत खुल्ने र खुलाउने तर्फ कुनै पहल नभएपछि केबुलकार कर्मचारी परिवारले सरकारको ध्यानाकर्षणका लागि अनुरोध गरेको हो।
कोभिडको भ्याक्सिन आउने निश्चितता नभएको अवस्थामा सरकारले उद्योेग, कलकारखाना व्यापार व्यवसाय बन्दको बिकल्प खोज्नु पर्ने भन्दै कर्मचारी परिवारले अहिलेको अबस्थाम सुरक्षाको उपाय अवलम्बन गरेर जनताको दैनिक जन–जीवनलाई सामान्य तर्फ फर्काउन सरकारसंग माग गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *