May 17, 2022

दमौली
मृगौला सम्बन्धी रोगबाट विरामी भएका भिडियोग्राफर राजु श्रेष्ठको उपचारको लागि दमौलीका प्रधान परिवारबाट १ लाख २५ हजार रुपैया आर्थिक सहयोग जुटेको छ। दमौली सफासडकका स्व. अभिमन्यू प्रधान र शान्ता प्रधानको स्मृतीमा उनका परिवारले श्रेष्ठको उपचारमा १ लाख २५ हजार रुपैया सहयोग गरेका हुन ।

स्वर्गीय आमा बुबाको स्मृतीमा छोरीहरु मिना प्रधान, सुनिता प्रधान, विनिता प्रधान, नम्रता प्रधान छोराहरु राजु प्रधान र सन्जय प्रधानले मृगौला विरामी श्रेष्ठको उपचारका निम्ति सहयोग गरेका हुन । उनीहरुले श्रेष्ठको नाममा रहेको सनराइज बैकको खातामा रकम जम्मा गरिदिएका हुन ।

त्यसैगरी पोखराका नबिन नापितबाट ३६ हजार रुपैया र क्यानडामा बस्दै आएका दमौली करुण गौतमबाट ११ हजार १ सय ११ रुपैया श्रेष्ठको उपचारका लागि सहयोग उपलब्ध भएको राजु श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published.