राष्ट्रिय युवा संघ नेपाल तनहुँले बाढी पीडितलाइ सहयोग गर्न अपिल

Byखवरबाटिका

५ श्रावण २०७७, सोमबार २२:१० ५ श्रावण २०७७, सोमबार २२:१० ५ श्रावण २०७७, सोमबार २२:१०

मदन तिमल्सेना

तनहुँमा अविरल बर्षासंगै विभिन्न स्थानहरुमा बाढी र पहिरोका कारण समस्यामा परेका परिवारलाइ सहयोग गर्न राष्ट्रिय युवा संघ तनहुँले अाफ्ना नेता तथा कार्यकर्तालाइ अनुरोध गरेकाे छ ।

संघले बिज्ञप्ती जारी गर्दै याे बिपतकाे समयमा बाढी र पहिराेबाट पीडित बनेका परिवारलाइ अावश्यक सहयोग गर्न अनुराेध गरेकाे हाे । असार २८ गतेदेखी परेकाे अबिरल बर्षाले तनहुँकाे ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एकै परिवारका ५ जना, म्याग्दे गाउपालिका–६ मा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको थियो ।

त्यसैगरी व्यास नगपालिका वडा नम्बर ९ माझफाटमा पहिरोमा पुरिएर ५ जना र व्यास नगरपालिकाकै वडा नम्बर ११ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको थियो। राष्ट्रिय युवा संघ तनहुँका संयोजक इश्वर बस्याल र सह संयाेजक भगवान श्रेष्ठले बिज्ञप्ती मार्फत विपतमा परि मृत्यु हुनेलाई उचित क्षतिपुर्ति घाइतेको अाैषधि उपचार, तत्कालै अस्थायी अावासको व्यवस्थापनका लागि केन्द्रीय सरकार, प्रदेश र स्थानीय तह गरि तिनै तहका सरकारसंग माग समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *