चाँडै अस्पतालबाट डिस्चार्ज हुने अमिताभको विश्वास

Byखवरबाटिका

६ श्रावण २०७७, मंगलवार ०९:०९ ६ श्रावण २०७७, मंगलवार ०९:०९ ६ श्रावण २०७७, मंगलवार ०९:०९

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला पत्नीबाहेक बाँकी परिवारका सदस्यसँग अस्पतालमा बसेर उपचार गराइरहेका छन्। एक साताअघि कोरोनाबाट संक्रमित भएका अमिताभ र उनका परिवार अहिले मुम्बईको नानावती अस्पतालमा उपचारत छन् । अमिताभसँगै अभिषेक बच्चन, ऐश्वर्य राय बच्चन, आराध्य बच्चनलाई कोरोना भएपछि उनीहरू उपचारमा छन्। आफूहरू चाँडै अस्पतालबाट डिस्चार्ज हुने यी अभिनेताको विश्वास छ ।

अभिनेता अमिताभले कोरोनाको संक्रमणबीच पनि आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् । आइतबार आफ्ना बुबाको एउटा कवितालाई सामाजिक सञ्जालमा पोस्ट गर्दै अभिनेता अमिताभले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको बताएका हुन् ।

उनले फेरि परिवारसहितको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्ना शुभचिन्तकप्रति धन्यवाद ज्ञापन गरेका छन् । देश–विदेशबाट आफ्नो लाखौं शुभचिन्तकले स्वास्थ्यलाभको कामना गर्दा आफूहरूको हौसला निकै बढेको उनले बताएका छन् ।

उनले आइतबार परिवारसहितको तस्बिर पोस्ट गर्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘तपाईंहरूको मायालाई हामीले देखिरहेका छौं । हामीले तपाइहरूको प्रार्थनालाई सुनिरहेका छौं । हामी हात जोडेर तपाईंहरूको माया र प्रार्थनाप्रति आभारसँगै धन्यवाद ज्ञापन गर्दछौं ।’ यसरी शुभचिन्तकहरूको निरन्तर प्रार्थनाले पनि आफूहरू कोरोनाको संक्रमणबीच पनि स्वस्थ नै रहेको बताएका छन् ।

दर्शकहरूको निरन्तर मायाले आफूहरूलाई चाँडै कोरोना भाइरस निको भएर नेगेटिभ रिपोर्ट आउने विश्वास पनि उनले व्यक्त गरेका छन् । कतिपय अवस्थामा सावधानी अपनाउँदा पनि थाहै नपाई कोरोना संक्रमणको सिकार हुने भएकाले यो रोगबाट बच्न सावधानी अझ बढी अपनाउन पनि अभिनेता अमिताभले दर्शकलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *