बिपी स्मृतीमा बृक्षारोपण

तनहुँ – ३८ अाैं बिपी स्मृती दिवसकाे अबसरमा नेपाली कांग्रेसले तनहुँका बिभिन्न स्थानमा बृक्षाराेपण गरेकाे छ । नेपाली कांग्रेस व्यास नगर समितिकाे अायाेजनामा मंगलबार व्यास–५ पाटनमा पुर्व वनमन्त्री शंकर भण्डारीकाे प्रमुख अातिथ्यतामा बृक्षाराेपण गरिएकाे छ ।

बृक्षारोपण गर्दै भण्डारीले कांग्रेस संगठन र एकताका कारण पछि परेकाे भन्दै उनले कांग्रेसमा अात्म अनुशासन जरूरी रहेकाे कुरा अाैल्याए । कार्यक्रममा प्रदेश सांसद डाेबाटे बिक, सरिता गुरूङ, जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्याैपाने लगायतकाे सहभागिता रहेकाे थियो ।

त्यसैगरी नेपाली कांग्रेस म्याग्दे गाउँपालिकाले महेन्द्र माध्यमिक बिद्यालय परिसरमा पनि बृक्षारोपण गरेकाे थियो । त्यस्तै अन्य पालिकाका कमिटीले पनि बिविध कार्यक्रम गरी बिपी स्मृती दिवस मनाएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close