
पोखरा – गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री विकास लम्सालले इलेक्ट्रिक कार प्रयोग गर्न शुरू गरेका छन । गण्डकी प्रदेशमा पहिलो पटक सरकारी तवरमा इलेक्ट्रिक कार खरिद गरी उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले खरिद गरी प्रयोगमा ल्याएका हुन ।
उक्त कार चढेर प्रदेश सभामा पुगेका मन्त्री लम्सालले गाडीले धुवा नफाल्ने भएकाले वातावरण मैत्री गाडी भएको र अरु गाडीको तुलनामा विद्युतीय गाडीमा चल्ने इन्जिन कम हुने भएकाले बिग्रेको खण्डमा मर्मत शुल्क पनि कम पर्ने भएकोले इलेक्ट्रिक कारकाे प्रयोग गर्न उपयुक्त हुने बताए ।
५६ लाखमा खरिद गरिएको हुन्डाईको कोना कार पहिलाकै मुल्यमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । अहिले संघीय सरकारले इलेक्ट्रिक गाडीमा कर बढाएकोले कोना कारको मुल्य झण्डै दोब्बर हुने बताइएको छ ।
कारलाइ एक पटक फुल चार्ज गरेपछि ३ सय किलोमिटर सम्म गुड्छ । गण्डकी प्रदेशको कास्की, तनहुँ र पर्वतमा इलेक्ट्रिक कार चार्जिङ स्टेशन निर्माण भइसकेको मन्त्रालयले जनाएको छ ।