बस्यालले पहिरोमा परेका घाइतेलाई सहयोग

Byखवरबाटिका

६ श्रावण २०७७, मंगलवार २२:३६ ६ श्रावण २०७७, मंगलवार २२:३६ ६ श्रावण २०७७, मंगलवार २२:३६

मदन तिमल्सेना
तनहुॅ-राष्ट्रिय युवा संघ तनहुँका संयोजक इश्वर बस्यालले पहिरोमा परेर घाइते ऋषिङ गाउपालिका ८ पल्ट्याङकि ज्योति माया थापालाई गण्डकी मेडिकल कलेजमा गएर उपचारको लागि नगद रकम दिएर सहयोग गरेका छन। उनले विरामीको अवस्थाको बारेमा डाक्टरसंग भेटघाट गरि जानकारी लिएका थिए।

घाईते थापाको असारको २९ गते पहिरोमा परि दुई छोरा, दुई बुहारी र एक नातिको ज्यान गएको थियो । बस्यालले यस्तो आपत विपतको बेलामा तनहुँमा बाढी पहिरोले धेरैको ज्यान र भाैतिक क्षेति पुराएको र घाइतेको लागि केही सहयोग गर्न पर्छ भने लागेर घाईतेको उपचारका लागि व्यक्तिगत रूपमा सहयोग गरेको बताए । साथै पहिरो पीडित परिवारको पुर्न निर्माणमा राष्ट्रिय युवा संघ तनहुँले पनि सहयोग गर्ने समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *