December 9, 2022

काठमाण्डौ – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो । 

यस्तै चाँदीको भाउ बिहीबार तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *