३ कार्यालय परिसर हातधुने मेसिन

Byखवरबाटिका

८ श्रावण २०७७, बिहीबार १६:०९ ८ श्रावण २०७७, बिहीबार १६:०९ ८ श्रावण २०७७, बिहीबार १६:०९

तनहुँ – काेराेना भाइरसकाे जाेखिम न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले दमाैलीका ३ सरकारी कार्यालय परिसरमा हात धुने मेसिन राखेकाे छ । नेपाल रेडक्रस सोसाइटीकाे काेभिड १९ व्यवस्थापन समुहले बिश्वब्यापी रुपमा फैलदै गएको कोरोना भाइरस नियन्त्रणका लागि मालपोत कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अदालतमा प्रबिधि सहितको हातधुने मेसिन निर्माण गरेको हाे ।
सर्वसाधारणकाे चाप बढि हुने कार्यालयमा हात धुने मेसिन राखिएको नेपाल रेडक्रस साेसाइटीका उपसभापति ऋषिराम पाेख्रेलले जानकारी दिए । हातधुने उपकरण हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुुँकी मन्त्री चिनु पाख्रेल, पुर्व सभापति परशुराम गिरीले हातधुने स्थान निर्माणको उद्धेश्य र औंचित्य माथि प्रकाश पारेका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारी, जिल्ला अदालतका न्यायधिस र्गा प्रसाद ढुंगेल र मालपोल कार्यालयका सहायक प्रमुख खेम बहादुर खत्रिले सो हातधुने स्थान निर्माण गरिएकोमा नेपाल रेडक्रस सोसाइटीलाई धन्यबाद ब्यक्त गरे । हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट कोषाध्यक्ष हरिशरण पण्डित, उप–कोषाध्यक्षसुकुमलाल गुरुङ्ग, कार्य समिति सदस्यहरु सुर्यचन्द्र हड्खले, रामदत्तपौंडेल, शुसिल नराललगायत रेडक्रसका कर्मचारीहरु साथै संबन्धित कार्यालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *