May 22, 2022
डां मुक्ति बगाले

लामखुट्टेबाट हुने भाइरस संक्रमणलाई डेङ्गु भनिन्छ । हालका वर्षहरुमा विश्व स्वास्थ्य संगठनको क्षेत्रमा व्यापक रुपमा फैलिएको छ । डेङ्गु खासगरी महिला प्रजातिको लामखुट्टेहरु (एडिस इजिप्टी) सापेक्षिक आद्रता र अव्यवस्थित सहरीकरणको कारणले बढी मात्रामा फैलिएको छ ।
हाम्रो देशमा सुरुवाती दिनहरुमा भित्रि मधेस र तराई क्षेत्रमा व्यापकता पाइन्थ्यो भने आजकाल नेपालका प्रायः जसो अव्यवस्थित सहरहरुमा पनि संक्रमणको उच्च जोखिम रहेको छ । डेङ्गु संक्रमित भएको व्यक्ति यात्रा गरेर नयाँ ठाऊ जाँदा पनि अरु मानिसमा सर्न सक्ने सम्भावना धेरै हुन्छ ।
विगतका रिसर्चहरुबाट पनि तराईबाट संत्रमित व्यक्ति वा सवारीसाधनमा लुकीछिपि आएको लामखुट्टेद्धारा संक्रमण भएको पनि पुष्टि भईसकेको छ । डेङ्गुले मानवस्वास्थ्य तथा समग्र अर्थतन्त्रमा नै ठूलो असर गरेको छ । नाटकिय रुपमा अहिले डेङ्गुले संसारलाई नै आक्रान्त पारेको छ । सुरुवातमा यसको पत्ता लगाउन गाह्रो हुन्छ । अरु ज्वरोको अवस्था जस्तै मान्दा डायगनोसीस चुक्न सक्छ ।
विश्वभरमा २०१९ सबैभन्दा बढी डेङ्गुले असर पारेको थियो । डेङ्गुको कारणले हुने मृत्युदर घटेको थियो । सबैभन्दा बढी संक्रमण बंगलादेशमा भएको थियो ।
डेङ्गुले शिशु बालबालिका र वयस्कहरुलार्य बढी असर गर्छ । उच्च जोखिम भयो भने प्राणघातक पनि हुनसक्छ । लामखुट्टेले टोकेकाे ४–१० दिनमा लक्षणहरु देखा पर्दछन् । डेङ्गु खासगरी दुई प्रकारका हुन्छन् । एक लक्षणहरु देखा पर्दछ भने अर्को बिना लक्षणको संक्रमण गर्ने हुन्छ । उच्च ज्वरो १०४ डिग्री सम्म हुन्छ ।
टाउको दुख्ने, आँखा पछाडि दुख्ने, मांसपेशी र जोर्नीहरु दुख्ने, वाकवाकी लाग्ने, ग्रन्थीहरु सुन्निने, छाला चिलाउने, ठ्याउलाहरु आउने, दुई वा दुई भन्दा बढी लक्षणहरु देखा पर्दछन् । उच्च जोखिम डेङ्गु भएको छ भने पेट अत्याधिक दुख्ने, लगातार बान्ता हुने, छिटो छिटो सास फेर्ने, गिजाबाट रगत बग्ने, बान्तामा रतग आउने हुनसक्छ । कुनै बिरामीका यस्ता लक्षणहरु छन् भने २४-४८ घण्टा भित्र आवश्यक उपचार गरेर सम्भावित जोखिम र मृत्युबाट बचाउनु एकदमै जरुरी र चुनौती हुन्छ । उपचारको लागि विशेष औषधी भन्ने छैन । ज्वरोको रोकथाम र जीउ दुखाई, वान्ताको औषधीलाई उचित रुपमा प्रयोग गरेर जोखिमलाई न्युनिकरण गर्न सकिन्छ ।
डेङ्गु उपचारमा ठूलो चुनौती भनेको ज्वरोको न्यूनिकरण नै हो । नसाबाट औषधी नदिएसम्म डेङ्गुबाट बिरामीलाई जोखिमबाट बचाउन गाह्रो नै पर्छ । रोकथाम र न्युनिकरण गर्नको लागि लामखुट्टे हुने ठाऊँलाई निस्क्रिय पार्नुपर्छ । घर वरिपरि भएको साना तालतलैयाहरुलाई हटाउनुपर्छ । फोहोर मैलाको उचित व्यवस्थापन गर्नुपर्छ । किटनाशक औषधी प्रयोग गरेर पानी जमेका ठाऊँहरुलाई निस्तेज गर्न सकिन्छ । घरमा हुने गमलाहरुमा पानी जम्न दिनुहुदैन, कोठामा लुगाहरु झुन्डाएर नराख्ने, कुलरको पानी नियमित रुपमा परिवर्तन गर्ने, झुलको प्रयोग गर्ने, झाडीहरुको वरीपरी गएर नबस्ने ग¥यो भने डेङ्गुबाट बच्न सकिन्छ । व्यक्तिगत रोकथाम, सामुदायिक सहभागिताका साथ जनचेतना अभिवृद्धि पनि उत्तिकै आवश्यक छ ।
हाम्रो देशमा ग्रामीण भु–भाग र अर्ध विकसित सहरहरु धेरै छन् । साथ साथै स्वास्थ उपचारको पहुँच टड्कारो रुपमा पुग्न नसकेको अवस्थामा डेङ्गु नियन्त्रण चुनौतीको रुपमा रहेको छ । सुरुवातको अवस्थामा लक्षण देखिएमा ज्वरो न्यूनिकरण गर्न सकेमा स्थानिय तहका अस्पतालमा सजिलै उपचार पद्धतिद्धारा रोकथाम गर्न सकिन्छ ।
ज्वरो घटेको छैन भने उच्च तहको अस्पतालमा आ.इ.सी.यु. मा राखेर उपचार गर्नुपर्ने अवस्था आउँछ । यसो भएको हुनाले आथिकभार पनि पर्न जान्छ ।
जनचेतनाको अभिवृद्धि र देशमा भएको अस्पतालको सबै नागरिकको पहुँच र स्वास्थ्य क्षेत्र र अस्पतालहरुलाई ग्रामिण र अर्ध विकसित सहरहरुमा नपु¥याएसम्म समग्र जनताको स्वास्थ्यलाई गुणस्तरीय बनाउन चुनौतीपूर्ण छ ।

Leave a Reply

Your email address will not be published.