सांसद श्रेष्ठले व्याक्तिगत तर्फबाट बाढी पहिरो पिडितलाई सहयोग

Byखवरबाटिका

११ श्रावण २०७७, आईतवार ००:०५ ११ श्रावण २०७७, आईतवार ००:०५ ११ श्रावण २०७७, आईतवार ००:०५

मदन तिमल्सेना /तनहुँ

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद कृष्ण कुमार श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा पहिरोमा परेर ज्यान गुमाएकाको परिवारसंग भेटघाट गरि अाफ्नो तर्फबाट व्यक्तिगत रुपले आर्थिक सहयोग गरेका छन ।

असारको २९ गते अाएको अबिरल बर्षाको कारण पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई राहत सहयोग स्वरुप व्यास नगरपालिका वडा नम्बर ९ माझफाटका थापा परिवारलाई २५ हजार, माझफाटका कै भुजेल परिवारलाई २५ हजार, साउन ५ गतेको पहिरोमा परि भानु नगरपालिका वडा नम्बर ९ का धौराली परिवारलाई ५० हजार रुपैयाँ र पहिरोले घर भत्किएको भानु नगरपालिका ९ कि लक्ष्मी परियारलाई २० हजार रुपैयाँ राहत सहयोग गरेका हुन ।

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले पनि भानु नपा ९ काे धौराली परिवारलाई २० हजार आर्थिक सहयोग गरिन । पहिरो पिडित परिवारलाई भेटघाट गर्न नेकपाका केन्द्रीय सदस्य एक बहादुर राना, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेल, राष्ट्रिय अनुसन्धानका एसपी नविन भट्टराई लगायतको उपस्थित रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *