December 10, 2022

तनहुँ – वनसम्बन्धी मुद्दामा ७ बर्षदेखी फरार रहेका २ जनालाइ तनहुँ प्रहरीले  अइतबार नियन्त्रणमा लिएको  छ । भानु नगरपालिका ९ साबिक बरभन्ज्याङ १का ६७ बर्षिय भिम बहादुर अधिकारी र व्यास १०, डिहीगाउँका ४५ वर्षिय अशोक थापाले प्रहरीले नियन्त्रणामा लिएको हो । उनीहरूलार्इ अइतबार नै तनहुँ जिल्ला अदालतमा पेश गरी बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय तनहुँ चलान गरेके तनहुँका प्रहरी प्रवक्ता शिवराज क्षेत्रीले जानकारी दिए ।

तनहुँ जिल्ला अदालतको मिति २०७०।१२।१२ गतेको फैसलाले अधिकारीलार्इ ३ महिना कैद र उन्नाईस हजार सात सय तेह्र रुपैया दुई पैसा) जरिवाना र मिति २०७२।०५।२३ गतेको फैसलाले अशोक थापालाइ २ महिना ८ दिन कैद र १५,०००।–(पन्ध्र हजार रुपैया) जरिवाना तोकेकोमा उनीहरूले तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

          विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यलार्इ तिब्रता पार्ने क्रममा बन मुद्दामा फरार रहेका अधिकारी र थापालार्इ पक्राउ गरी कारागार चलान गरिएको प्रहरी निरिक्षक क्षेत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *