‘रामचन्द्रले जे गरेपनि नेतृत्वले केही गर्न सक्दैन भने हाम्रो भन्नु केही छैन’ : जाेशी

Byखवरबाटिका

१२ श्रावण २०७७, सोमबार १०:४३ १२ श्रावण २०७७, सोमबार १०:४३ १२ श्रावण २०७७, सोमबार १०:४३

नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गाेबिन्दराज जाेशीले तनहुँमा कांग्रेस बिभाजनकाे प्रमुख जिम्मेवार कांग्रेस नेता रामचन्द्र पाैडेल भएकाे अारोप लगाएका छन । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा नेता जाेशीले पेश गरकाे स्पष्टिकरणका अधिकांश बुदाहरूमा जाेशीले नेता पाैडेल माथी जिल्ला र केन्द्रिय तहमा पार्टिको संगठन बिरोधी गतिविधी गरेकाे अारोप लगाएका छन ।

नेपाली काङ्ग्रेस, केन्द्रीय अनुशासन समितिमा गोबिन्दराज जाेशीले पेश गरेको स्पष्टीकरण

श्रीमान संयोजक ज्यू,
नेपाली काङ्ग्रेस, केन्द्रीय अनुशासन समिति
सानेपा, ललितपुर ।

विषयः स्पष्टीकरण पेश गरेको ।

उपर्युक्त सम्बन्धमा त्यस कार्यालयको मिति २०७६ साल भाद्र १८ गतेको पत्र २०७६ साल पौष १० मा प्राप्त भई व्यहोरा अवगत भयो । यस सम्बन्धमा मेरो निम्न बमोजिमको जिकिर प्रस्तुत गरेको छु ।

(१)प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उमेद्वारको विरुद्ध वागी उमेद्वार बनेको भनी मेरा विरुद्ध उजुरी परेको रहेछ । प्रतिनिधिसभाको गत निर्वाचनमा म उमेद्वार नै होइन । तनहूँ क्षेत्र नं १ का करिव ८ हजार कार्यकर्ताहरूले नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई सम्बोधन गरी तनहूँ क्षेत्र नं १ को उमेद्वार म गोविन्दराज जोशीलाई बनाउनुपर्दछ भनी केन्द्रीय कार्यालयमा दिएको निवेदनका सम्बन्धमा हामीलाई कुनै जानकारी नदिई रामचन्द्र पौडेलले केन्द्रीय संसदीय समितिमा निर्णय समेत नगराई मेरो जिल्लाको टिकट मनै वितरण गर्दछु भनी खाली टिकट लिई आफ्नै नाम र आफूखुशी अरूको नाम लेखी टिकट बाँडेका रहेछन् । यसरी संसदीय समितिमा निर्णय नगराई लिएको व्यक्तिको टिकट र उमेद्वारी आधिकारिक हुन सक्दैन भन्ने मेरो जिकिर छ ।

(२) अत्यधिक कार्यकर्ताको समर्थनमा मनोनयन दर्ता गर्ने दिन ११ बजे मैले मनोनयन दर्ता गराएको र रामचन्द्र पौडेलले उक्त दिन ३ बजे मात्र मेरो विरुद्ध उमेद्वार दिएका हुन । मैले वागी उमेद्वारी दिएको होइन । त्यसमा पनि स्वयं रामचन्द्र पौडेलले मेरो उमेद्वारी विरुद्ध आफैले उजुरी गरी जालझेल गरी मेरो उमेद्वारी नै वदर गराएको र निर्वाचन आयोगले मेरो उमेद्वारी वदर गरी धरौटी समेत फिर्ता गरेको हुँदा ०७४ सालको निर्वाचनमा म प्रतिनिधिसभाको उमेद्वार नै हाइन । म उमेद्वार हुन योग्यता नपुगेको अयोग्य भनी आफै उजुरी गर्ने र मेरो उमेद्वारी खारेज गराउने अनि आफै उमेद्वार हो उमेद्वारी फिर्ता गरेन भन्ने उजुरी तर्कसङ्गत हुन सक्दैन । त्यसैले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा मैले वागी उमेद्वारी दिएको र फिर्ता नगरेको भन्ने उजुरी विल्कुलै झुट्टा हो । म उमेद्वार बन्न योग्य नभएको मानिस उमेद्वार बन्न सक्ने कुरा भएन । उमेद्वारको लागि अयोग्य व्यक्ति उमेद्वार भयो र वदर भइसकेको नाम फिर्ता गरेन भन्ने उजुरी विल्कुल झुट्टा हो भन्ने मेरो जिकिर छ ।

(३) जहाँसम्म आफनो उमेद्वारी रद्ध भएपछि आधिकारिक उमेद्वारका विरुद्ध मतदान गराइ पराजय गराउन भूमिका खेलेको भन्ने कुरा छ त्यो स्पस्ट भएन । कुन–कुन उमेद्वारलाई हराउन के के भूमिका खेलेको भन्ने कुरा नहुँदा यस्तो अस्पष्ट उजुरीको जवाफ दिन कठिन हुन्छ । त्यसमा पनि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उमेद्वार हुन अयोग्य व्यक्ति चुनाव प्रचारमा गएन भन्ने र चुनाव हरायो भन्ने कुरा मिल्दछ र ? यो मिल्ने कुरा भएन । म मेरो उमेद्वारी वदर भएपछि मलाई कुनै पनि उमेद्वारले प्रचार गर्न जान पर्दछ पनि भनेनन् । म अयोग्य भएपछि तनहूँका सबै उमेद्वारहरू खुशी हुँदै हाँस्दै उल्लासमय वातावरणमा अब त चुनाव जीतियो भन्दै चुनाव प्रचारमा हिडेको मैले सुनेको हूँ । म काठमाण्डौ आएर मतदानको दिनमा मात्र बुथमा गई मतदान गरी सोही दिन दमौली आइ भोलिपल्ट काठमाण्डौ आएको हूँ । कसरी पराजय भयो ? मलाई थाहा भएन । रोजेको ठाउँमा खाली टिकटमा आफैले नाम भरी टिकट लिँदा पनि चुनाव नजित्ने, आफू मनखुशी टिकट बाँडी चुनाव लड्दा पराजय नहुनु पर्ने किन त्यस्तो भयो मलाई थाहा छैन । म निर्वाचनको उमेद्वारका लागि नै अयोग्य व्यक्तिले त्यस्तो वातावरण सृजना ग¥यो भन्ने कुरा विल्कुलै आधारहीन हो । त्यत्रा ठूला–ठूला राष्ट्रिय रूपमै नाम चलेका नेताहरू नेपालभरि जहाँबाट लडे पनि चुनाव जीत्न पर्ने नेताहरूलाई तनहूँका जनताले किन पत्याएनन् पार्टीले त्यो कुरा पत्ता लगाएमा भविष्यका लागि राम्रो हुनेछ ।

(४) जहाँसम्म २०७५ माघ ८ गते विशेष जिल्ला अधिवेशन गरी विधान विपरीत २८ सदस्यीय समानान्तर समिति निर्माण गर्न नेत्तृत्वदायी भूमिका खेलको भन्ने उजुरी परेको छ त्यसको सम्बन्धमा जिल्लाका नेपाली काङ्ग्रेसका अत्यधिक कार्यकताहरूको भावना विपरीत स्थानीय निकायको निर्वाचनमै मनपर्दी टिकट वितरण गरी गुटबन्दी सृजना गरी पार्टीलाई गुटबन्दीको शिकार बनाई आप्mनो एकलौटी गुटलाई कसैसँग सल्लाह नगरी टिकट वितरण गरेको परिणाम संसदीय निर्वाचनमा पराजय भएको हो भन्ने मलाई लाग्दछ । यसमा सुधार गर्न प¥यो भनी जिल्लाका नेता कार्यकर्ताहरूले बारम्बार जिल्ला पार्र्टी नेतृत्वलाई सचेत गराउँदा पनि पाटीमा अझै गुटबन्दी सृजना गर्ने व्यक्तिहरूबाट जिल्लाका कार्यकर्ताहरू कति थिचोमिचोमा होलान् अनुमान गर्न सकिन्छ । पार्टी दिनप्रतिदिन अधोगतिमा जान थालेकोले जिल्ला कार्य समितिका सभापति वैकुण्ठनाथ न्यौपानेलाई नेपाली काङ्ग्रेसको विधानको धारा ४२ बमोजिम अविश्वासको प्रस्ताव राख्ने निर्णय गरी जिल्ला अधिवेशन हुने दिन २०७५ । १० ।०८ को एक महिनाअघि २०७५ साल पौष ८ गते नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई आवश्यक व्यवस्था गरिदिनुहुन र उक्त अधिवेशनको प्रमुख आतिथ्यता गर्न जिल्लाका ५० जना पार्टीका कार्यकर्ताहरूले भेटी आमन्त्रित गरेका थिए । सो भेटघाटमा म पनि उपस्थित थिएँ । त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ । आवश्यक भए म पेश गरौंला ।

(५) फेरी अहिले उहाले केन्द्रीय सभापति र केन्दी्रय समितिको निर्णयका विरुद्ध जुन किसिमको भेला गरी रहनु भएका् छ के तनहुको भेला त्यो भन्दा पनि वढी थियो र ? अफुले जे गरे पनि पार्टिको विधान अनुकुल हुने अरुले जे गर्दा पनि विधान विपरीत हन्छ र ? हामीले अहिले उहाले र उहाको नेतृत्वमा भए जतित गरेका थिएनौनी त ।

(६) हामिलेत महामन्त्री सशांक कोइराला समेतका अन्य पदाधिकारीहरूलाई पनि भेटी जिल्ला अधिवेशनमा आमन्त्रण गरेका र सो भेटधाटमा म पनि उपस्थित थिएँ । त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ । आवश्यक भए म पेश गरौंला ।

(७) उक्त प्रतिनिधि मण्डलले नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा गई मुख्य सचिवलाई भेटी अविश्वासको प्रस्ताव पारित गर्ने जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि खटाइ पठाइदिने व्यवस्था गर्न अनुरोध गरेका थिए । यदि समानान्तर समिति गठन गर्न खोजेको र गरेको भए उहाँहरूलाई आमन्त्रण किन गर्दथे र ? अधिवेशनको दिनसम्म पनि कहींबाट अविश्वासको प्रस्ताव नराख्नुहोस् अथवा उक्त अधिवेशन गर्न मिल्दैन अथवा जिल्लामा समस्या देखिएपछि सो समस्या समाधान गर्न कहीं कतैबाट प्रयत्न भएको देखिएन । कहिबाट कुनै किसिमको केही जानकारी तथा सूचना प्राप्त भएन ।

(८) अधिवेशन तोकिएको दिनमा क्षेत्रीय प्रतिनिधिहरू ७५ प्रतिशत भन्दा बढी उपस्थित भएको अवस्थामा अधिवेशन टार्न सक्ने अवस्था थिएन । ७५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले सभापति वैकुण्ठनाथ न्यौपानेलाई अविश्वासको प्रस्ताव पारीत गरी भेलाले नेपाली काङ्ग्रेसको विधान बमोजिम निर्वाचन समिति गठन गरी विधान अनुसार पार्टी सभापति तथा अन्य पादाधिकारीको निर्वाचन गरी पदस्थापन गर्न जिल्ला पार्टी कार्यालय दमौलीमा जाँदा ५०० भन्दा बढी सशस्त्र प्रहरी पार्टी कार्यालयमा तैनाथ रहेछन् । हामी भीडन्त नगरी शान्तिपूर्णरूपले बस्यौं । केन्द्रीय नेतृत्वले सबै कुरा छानविन गर्ने छ र अविश्वासबाट हटाएको समितिलाई मान्यता दिने छैन भन्ने विश्वासमा थियौं ।

(९) यतिका अवधिसम्म पनि केन्द्रबाट समस्या समाधान गर्न कुनै पहल भएन । पार्टीभित्र मत–मतान्तर हुन्छ । सुनुवाई विना निर्णय नहुनु पर्ने हो । हामीले समानान्तर समिति गठन गरेको होइन । अविश्वासको प्रस्ताव पारित गरी वैधानिक किसिमबाट गठन भएको हाम्रो जिल्ला समिति हो । केन्द्रले हामीलाई मान्यता दिनुपर्दछ भन्ने हो । प्रश्न वैधानिकताको थियो । हामीहरूको कुरै सुनिएन । एकाएक केन्द्रीय समितिको वैठकले पुरानो समितिलाई वैधानिक समिति हो भनी मान्यता दिएको समाचार सुन्यौ । यद्यपि सो विषयमा अहिलेसम्म पनि हामीहरूलाई आधिकारिक जानकारी दिइएको छैन । पार्टी केन्द्रीय समितिको उक्त निर्णयपछि हामीले त्यो विषयलाई छोडिदियौं । केन्द्रीय समितिको निर्णयलाई हामीले स्वीकार ग¥यौं । किनभने हाम्रो विवाद केन्द्रीय समितिसँग थिएन ।

(१०) नेपाली काङ्ग्रेसका प्रत्येक क्रियाकला११पमा हामी सक्रिय छौं । हामीले पार्टीको विधान अनुसार अविश्वासको प्रस्ताव राख्दा पनि हामी ७५ प्रतिशत क्षेत्रीय प्रतिनिधिहरूको सुनुवाई हुनुपर्ने हो भन्ने हाम्रो मान्यता हो । नभएको समानान्तर समिति गठन ग¥यो भन्ने आरोप विल्कुल झुट्टा हो ।

(११) नेपाली काङ्ग्रेसले नेपालको संविधान र वहाल रहेको कानून मान्दछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । एउटै व्यक्तिलाई एउटै विषयमा एकै ठाउँमा एकपटक उजुरी दिएपछि त्यो विषयमा कारवाही भएन यो उजुरीबाट कारवाही गरी पाऊँ भनी पटक–पटक उजुरी दिन र त्यसरी दिएको उजुरीमा पटक–पटक कारवाही गर्न मिल्दैन भन्ने सर्वमान्य कानूनी सिद्धान्त हो । अब विपक्षीले मलाई पहिले वागी उमेद्वार भयो भनी उजुरी दिई प्रतिनिधिसभाको मेरो उमेद्वारी रद्ध गराई एकपटक सजायको भागी गराएको र फेरि त्यही विषयमा महासमितिको वैठकमा मलाई उपस्थित हुन मिल्दैन भनी रामचन्द्र पौडेलले अडान लिएपछि तपाईं महासमितिको वैठकमा उपस्थित हुँदा रामचन्द्र पौेडेलले वैठक हुन नदिने भयो तपाईं वैठकमा नआइदिनुहोस् म पछि पाँच–सात दिनमा सबै कुरा मिलाउदछु भनी केन्द्रीय सभापतिज्यूले भनेपछि म महासमितिको वैठकमा गइन । मलाई हुँदै नभएको उमेद्वार हो भनी मेरो उमेद्वारी पनि रद्ध गराउने, पार्टीको महासमितिको वैठकमा उपस्थित हुन नदिएपछि मलाई पुनः गठन नै नभएको समानान्तर समिति गठन भएको भनी समानान्तर समिति गठन गर्न नेतृत्वदायी भूमिका खेलेको भनी एकपटक उजुरी दिइ त्यो विषयमा मलाई कारवाही गरिसकेपछि त्यो त मिलेनछ भनी पुनः विभिन्न विषय समावेश गरेको, तीनपटकको तीनवटा उजुरीबाट मलाई कारवाही गर्न मिल्दैन भन्ने मेरो जिकिर छ ।

(१२) म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु । म जन्मदै काङ्ग्रेस हूँ । मेरो रगतमा काङ्ग्रेस छ । मेरो पिता पद्मराज जोशी २०१८ सालमा काङ्ग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रको लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि बनी काठमाण्डौको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३ आं शोकसभामा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा स्वयं रामचन्द्र पौडेलले व्यक्त गरेका हुन् । त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै छ होला । वामपन्थीहरूको त्यो सम्मेलनले के निर्णय ग¥यो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले तनहूँ मा विवाद समानान्तर समितिको होइन विवाद व्याईते (original congress ) काङ्ग्रेस र ल्याइते ( Dulicate cogress ) काङ्ग्रेसको बीचको हो । तनहूँ जिल्लाको हाम्रो झगडा सक्कली र नक्कली काङ्ग्रेसको हो । बीपी कोइरालाको सशस्त्र सङ्घर्षको बेला तनहूँमा रामचन्द्र पौडेलको कुनै भूमिका थिएन । हतियार कहाँ थिए, कोसँग थिए ? सशस्त्र क्रान्तिको के तयारी थियो अहिले पनि उनलाई सोध्दा हुन्छ उनलाई थाहा छैन । बीपी कोइराला नेपाल आएपछि तनहूँँमा नेपाली काङ्ग्रेस गठन गर्ने जिम्मेवारी मैले नै लिएको थिएँ । मैले नै बूढो मानिस, योगदान पनि भएका कारण गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ । त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन् । पछि २०३५ सालमा गोरखपुरमा गिरिजाप्रसाद कोइरालाले बोलाई यिनलाई पनि जिल्ला कार्य समितिको सदस्य बनाउन भनेपछि उनी जिल्ला कार्य समितिको सदस्य बनेका हुन् । म केन्द्रीय समितिको सहमहामन्त्री हुँदा उनी केन्द्रीय सदस्य मात्र थिए । मेरो समग्र परिवार काङ्ग्रेसको नाममा होमिएको हो । मेरो पिता पद्मराज जोशी २०१८ सालमा जेल पर्नुभएको हो । मेरो छोरा दिपकराज जाशी २०३८ सालमा नेपाल विद्यार्थी सङ्घ तनहूँमा जिल्ला कार्य समिसितको सदस्य हुँदा प्रहरी हिरासतमा परेको र ०४६ सालको जनआन्दोलनमा पनि दमौलीमा हिरासत रहेको थियो । कान्छो छोरा दिनेशराज जोशी पनि ०४६ सालको जनआन्दोलनमा पहिला काठमाण्डौ र पछि तनहूँँमा हिरासतमा रहेका थियो । छोरी रमा जोशी ०४२ सालको सत्याग्रहमा दमौलीमा गिरफ्तार भएकी थिइन् । मेरो श्रीमती हिमकुमारी जोशीले लामो समयदेखि दमौलीमा पार्टीका कार्यकर्ताहरूलाई निरन्तर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् । रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो । अहिले उनी अरवपति भए । त्यसोभन्दा उनलाई होच्याएको भनी अपमान होला । यथार्थ कुरा त्यही हो । उनी मात्र होइन तनहूँँमा हाम्रा नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, सी.के. प्रसाई आदि सबै नेता–कार्यकर्ताहरू जाँदा पनि बस्ने घर मेरै थियो । बीपी कोइराला तनहूँँ जाँदा मेरो भूमिकाको बारेमा मैले भनिरहन नपर्ला त्यही कारण त्यसको लगत्तै म पोखरा जेलमा बस्नुप¥यो । २०३७ साल वैशाख १ गते राजनैतिक दलका नेताहरूलाई आम माफी दिंदा म जेलबाट छुटें । पञ्चायतका कठिन दिनमा काङ्ग्रेसका नेताहरूलाई बास दिने कुरा सहज थिएन । त्यसकारण म दावाका साथ भन्दछु तनहूँमा नेपाली काङ्ग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ । त्यसकारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहूँँको टिकट आफै वाड्छु भनी रामचन्द्र पौडेलले तनहूँँको क्षेत्र नं. १ को टिकट बिक्री गरेकै हुन् । स्थानीय निकायको निर्वाचनमा पनि एकलौटी गरेकै हुन् । तनहूँ काङ्ग्रेसको निर्माणमा धेरै मानिसको पसिना बगेको छ । कसैले एकलौटी गर्न खोज्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्दछ । यस पटकको सङ्घीय संसदको निर्वाचनमा पनि खाली टिकट लिएर मनपरि गरेको परिणाम हो यो पराजय । तनहूँँ जिल्लामा कार्यक्रम राखी महामन्त्री सशांक कोइराला तनहूँँ जान खोज्दा मेरो जिल्लामा किन जान प¥यो भनी महामन्त्रीलाई प्रवेश निषेध गर्ने, केन्द्रीय सदस्य शेखर कोइराला जाँदा कार्यक्रम सकभर हुन नदिने केन्द्रीय पूर्वमहामन्त्री कुलबहादुर गुरूङ र तारानाथ रानाभाट जाँदा वक्तव्य निकाली कार्यक्रम वहिस्कार गर्न निर्देशन दिने यो हैकमले अब काङ्ग्रेस पार्टी चल्दैन । केन्द्रीय नेताहरूको त यो हाल छ भने तनहूँँका कार्यकर्ताको अवस्था कस्तो होला । यो विषयमा सम्बन्धित नेताहरूलाई बु्झ्दा यथार्थ कुरा अवगत हुनेछ ।

(१३) २०४८ सालको निर्वाचनमा मेरो नाम तनहूँँको क्षेत्र नं. २ मा सिफारिस भएकोमा मलाई हराउन क्षेत्र नं. ३ मा पठाउन भूमिका खेलेको, ०५१ को निर्वाचनमा आफू क्षेत्र नं. १ बाट निर्वाचन हार्ने भएपछि मलाइ जबरजस्त क्षेत्र नं. १ मा पठाइ आफू क्षेत्र नं. २ मा लडेको, ०६४ को निर्वाचनमा माओवादी उमेद्वार शुरेस आलेसँग सम्झौता गरी वागी उमेद्वार उठाई क्षेत्र नं. १ मा माओवादी र क्षेत्र नं. २ मा काङ्ग्रेसलाई जीताउने सहमति डा. वावु राम भटराइको मध्यस्थतामा भएको हो । मलाई हराएको मात्र होइन चुनावको दर्भियानमा बन्दीपुरको भुमर्सेमा म लगाएत काङ्ग्रेसका मेरो प्रचारमा हिडेका कार्यकर्ताहरूलाई मार्न माओवादीसँग मिलेमतो गरी आक्रमण गर्न लाएको र मेरो पी. एस ओ.ले ४ फाएर गोली प्रहार गरेपछि मात्र हामी ज्यान जोगाउन सफल भएका थियौं । यतिमात्र होइन माओवादी जनयुद्धका बेला तनहूँँमा मारिने र विस्थाापित हुने अधिकांश मसँंग नजिक भएका साथीहरू थिए । त्यस्तो किनभयो त्यो सबै कुरा हामीले आफ्नो पैतालाले कुल्चेर राखेका छौं । यस्तो अपराधिक मानसिकताबाट पीडित हामी तनहूँँका कार्यकर्ता हाैं।

(१४) तनहूँँ जिल्ला जनजातिको बाहुल्य भएको जिल्ला हो । सङ्घीय र प्रदेशसभाको ६ सिट मध्ये ६ जना नै बाह्मण र त्यसमा तीन जना पौडेललाई टिकट दिएपछि चुनाव जितिन्छ ? त्यसमा पनि रामचन्द्र पौडेल तनहूँँमा जनजाति विरोधी मानिन्छन् । जनजातिका मानिसहरू विस्तारै काङ्ग्रेसबाट तनहूँँमा पलाएन हँदैछन् । यमबहादुर आले तनहूँँको दक्षिणी भेगमा मगरहरूलाई काङ्ग्रेसमा ल्याउने प्रमुख व्यक्ति हुन् । तनहूँँको नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा उनको अहं भूमिका छ । आज उनी काङ्ग्रेसमा छैनन् । उनको भाषणको एक अंश पेन ड्राइभ पनि यसैसाथ पेस गरेको छु यो एउटा उदाहरण मात्र हो । आज तनहूँँ काङ्ग्रेसका धेरै कार्यकर्ताहरू यिनै कारणले डिप्रेसनमा छन् । उर्मिला थापा पूर्व सांसद हाल महाधिवेशन प्रतिनिधि आज बोली बन्द भएर उपचार गराइरहेकी छन् । जनजाति भनेपछि देख्नै नसक्ने हुँदा उनलाई भेट्नसम्म नजाने रामचन्द्र पौडेललाई तनहूँँका जनताले के भन्लान् के गर्लान् ?

(१५) यसै सन्दर्भमा गत २०७५ माघ ८ गतेको अधिवेशनको सन्दर्भमा हामीहरू आफ्ना पिरमर्काहरू पोख्न सभापतिज्यू समक्ष जाँदा सभापतज्यिूले रामचन्द्र पौडेलले तनहूँँको टिकट म बाड्छु भनेर खाली टिकट लगेको हो भन्नुहँदा हामी त्यहाँ उपस्थित तनहूँँका कार्यकर्ताहरू अत्यन्त मर्माहित भएका छां। तनहूँको समस्या राजनितिक समस्या हो । कानूनी बाटोबाट समाधान निस्कदैन । अझै पनि तनहूँँका कार्यकर्ताहरूले न्याय नपाउने हो भने त्रेता युगका दशरथका छोरा रामचन्द्रको यो कलियुगको अवतार हो । रामचन्द्रले जे गरे पनि केन्द्रीय नेतृत्वले केही गर्न सक्दैन भनी तनहूँको जिम्मा जनजाति विरोधी आपराधिक मानसिकता भएका रामचन्द्र पौडेलको जिम्मा लगाउने हो भने म र तनहूँका म समेतका कार्यकर्ताका बारेमा जे निर्णय गर्दा पनि हामीहरूको कुनै गुनासो रहेने छैन । हाम्रो मन्जुरी छ ।

(१६) यो विषय अहिले अनुशासन समितिको विचाराधीन भएको हुँदा मैले जानकारीको लागि पार्टी पदाधिकारीहरू बाहेक अरू कसैलाई पनि दिएको छैन । सार्वजनिक गर्न आवश्यक भइ सार्वजनिक भएमा अन्यथा नलिनु हुन समेत अनुरोध गर्दछु ।

(१७) मेरा उल्लेखित भनाइहरूलाई गम्भीरता पूर्वक ग्रहण गर्नुहुन अनुरोध गर्दछु ।

गोविन्दराज जोशी

पूर्वसहमहामन्त्री

महासमिति सदस्य तनहूँ क्षेत्र न १

Leave a Reply

Your email address will not be published. Required fields are marked *