व्यास नगरपालिकाले दियो ट्राफिक व्यवस्थापन सामाग्री

Byखवरबाटिका

१३ श्रावण २०७७, मंगलवार २१:३४ १३ श्रावण २०७७, मंगलवार २१:३४ १३ श्रावण २०७७, मंगलवार २१:३४

तनहुँ– व्यास नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँलाई विभिन्न ट्राफिक संकेतका सामाग्री प्रदान गरेको छ । बजार क्षेत्र तथा राजमार्गको सवारी व्यवस्थापनलाई मद्दत पुर्याउने उदेश्यले नगरपालिकाले १५ थान रिफ्लेक्टीभ बोर्ड र २० थान फ्लेक्स वोर्ड ट्राफिक प्रहरीलाइ प्रदान गरेको हो ।

उक्त सामाग्रीहरु प्रदान गर्नुहुदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शहरी क्षेत्रलाई व्यवस्थित गर्ने कार्यमा व्यास नगरपालिका सकृय रुपमा लागिरहेको बताए । सफासडक, गणेशमान चोक लगायतका स्थानमा पार्किङ, सवारी व्यवस्थापनका लागि छलफल गरेर अगाडि बढ्ने न्याैपानले बताए । कानुनको शासन कायम गर्नुपर्ने तर्फ कुनै कसर बाकिं नराख्ने गरी ट्राफिक व्यवस्थापनमा देखिएका समस्यालाई समाधान गर्न नगरपालिकाले क्रमगत रूपमा काम गर्दै जाने कुरामा न्याैपानेले जाेड दिए ।

कार्यक्रममा प्रहरी उपरिक्षक अरुण पौडेलले ट्राफिक व्यवस्थापन संवेदनशिल विषय भएकाले स्थानिय तहहरुबाट यसको समाधानमा गरिएको सहयोग सकारात्मक रहेको भन्दै व्यास नगरपालिका प्रति आभार प्रकट गरे । नगरपालिकाले गर्ने विकास निर्माणमा सुरक्षा कायम गर्ने सबालमा प्रहरी सधै साथमा रहने प्रहरी पौडेलले बताए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले ट्राफिक क्षेत्रका समस्याका विषयमा जानकारी गराएका थिए भने उप-प्रमुख मीरा जोशीले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *