पाैडेलले जिते इटालीमा आर्ट फिल्म अवार्ड

Dhan Maya Gurung appears in Song of Clouds by Ankit Poudel, an official selection of the Shorts Programs at the 2020 Sundance Film Festival. Courtesy of Sundance Institute. All photos are copyrighted and may be used by press only for the purpose of news or editorial coverage of Sundance Institute programs. Photos must be accompanied by a credit to the photographer and/or ‘Courtesy of Sundance Institute.’ Unauthorized use, alteration, reproduction or sale of logos and/or photos is strictly prohibited.

कोरोना संक्रमणलाई जितेर बिस्तारै सामान्य जनजीवनमा फर्किएको इटालीले एसोलो आर्ट फिल्म फेस्टिभल आयोजना गरेको छ । यो फिल्ममा एउटा नेपाली लघु फिल्म ‘सङ अफ दि क्लाउड’ पुरस्कृत भएको छ ।

नेपाली युवा निर्देशक अंकित पौडेलले निर्देशन गरेको लघु फिल्म ‘सङ अफ दि क्लाउड’ले त्यहाँ पुरस्कार जितेको हो । यो लघु फिल्ममा हिन्दू संस्कारमा मृत्युपछिको जीवनलाई कल्पना गरी प्रस्तुत गरिएको छ ।

एसोलो आर्ट फिल्म फेस्टिभलमा यो फिल्म आर्ट फिल्मको समूहबाट पुरस्कृत भएको छ । विजेता बनेसँगै फिल्म ‘सङ अफ दि क्लाउड’ले ५ सय युरो पुरस्कार जितेको छ ।

अंकितले निर्देशन गरेको यो फिल्म गत जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा पहिलो प्रदर्शन गरिएको थियो । फिल्मले व्लर्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको उनले बताए । त्यसपछि आफ्नो फिल्म अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट आदिजस्ता फिल्म महोत्सवमा प्रदर्शन भइसकेको अंकितले बताएका छन् ।

अंकितले फिल्म थप केही फेस्टिभलमा पनि छनोट भएको तर त्यसको घोषणा हुन बाँकी रहेको जानकारी दिए । छायाकारका रूपमा २० भन्दा बढी काम गरेका अंकितले ‘सङ अफ दि क्लाउड’बाट निर्देशन यात्रा सुरु गरेका हुन् ।
नेपालको अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि?
Close
Back to top button
error: Content is protected !!
Close