May 17, 2022

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड १९ महामारीबाट सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै बैंकले श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुटको योजना ल्याएको छ ।

बैंकका ऋणीहरूले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत दिने बैकले व्यवस्था गरेको हो । बैंकको मुलुकभर ९१ शाखा कार्यालय र ३० एटिएम संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.