रातकाे समयमा माेटरसाइकलमा आगजनी गर्ने व्यक्ति पक्राउ

Byखवरबाटिका

१६ श्रावण २०७७, शुक्रबार १९:२५ १६ श्रावण २०७७, शुक्रबार १९:२५ १६ श्रावण २०७७, शुक्रबार १९:२५
(सांकेतिक तस्बिर )

तनहुँ – रातकाे समयमा माेटर साइकलमा आगजनी गर्ने एक जनालाइ तनहुँ प्रहरीले २ दिनपछि पक्राउ गरेकाे छ । गत मंगलबार राती करिब १२ बजेकाे समयमा व्यास नगरपालिका वडा नं. ३ परासरटोलका सन्तोष पौडेलको ग ६ प ९७१४ नं. को मोटरसाइकलमा आगो लगाई फरार भएका तनहुँ व्यास नगरपालिका वडा नं. ४ मस्जित टोल बस्ने बर्ष १८ को सोनु नेपालीलाइ प्रहरीले बिहीबार नियन्त्रणमा लिएकाे हाे ।

सिसिटिभी क्यामराकाे आधारमा अनुसन्धान गर्दा प्रहरीले नेपालीलाइ नियन्त्रणामा लिएकाे हाे । हुलिया पत्ता लगाई हुलियासँग मेल खाने व्यक्तिको खोजी कार्यलाई तिब्रता दिई सिभिल प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा व्यास ४ मा लुकिछिपी बसेकाे अबस्थामा नेपालीलाइ नियन्त्रणामा लिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका नेपालीलाइ शुक्रबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान अघि बढाएकाे तनहुँ प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *