March 25, 2023

माधब पौडेल
लमजुङ्ग। मध्य नेपाल नगरपालिका भोर्लेटारमा ‘मध्यनेपाल पोलिक्लिनिक’ संचालन भएको छ। बिहीबार एक कार्यक्रमका विच मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश कुमार पाण्डेले पोलिक्लिनिककाे उद्घाटन गरे ।
करिब असी लाख रुपैयाको लागतमा संचालनमा आएकाे अत्याधुनिक पोलिक्लिनिकमा पोखराबाट आउने विशेषज्ञ डाक्टरहरुबाट विशेष सेवा प्रदान गर्ने पोलिक्लिनिकका प्रबन्धक डा. सुशिल पौडेलले जानकारी दिए ।

प्रबन्धक डा. सुशिल पौडेलका अनुसार पोलिक्लिनिकमा विशेषज्ञ डाक्टरहरूद्वारा चौबिसै घण्टा आकस्मिक सेवा, फार्मेसी सेवा, ल्याब सेवा, ओपिडी सेवा, बिरामी भर्ना सेवा, एक्सरे सेवा, आँखा उपचार, दन्त सेवा, ईसिजी सेवा प्रदान गरिनेछ । साथै भिडियो एक्सरे सेवा,अक्सिजन तथा नेबुलाइजेसन सेवा, माईनर अपरेसन सेवाहरु संगै अतिरिक्त सेवा मुटु, पेट, मानसिक रोग, नाक कान घाँटी सम्बन्धी, बच्चा सम्बन्धी,प्रसुती छाला तथा यौन रोग, पायल्स फिसर फिस्टुला, दाँत एवंम आँखा सम्बन्धीका विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिनेछ।

पोलिक्लिनिककाे उद्घाटन गर्दै मेयर पाण्डेले स्थानिय जनताले घरदैलाेमा नै गुणस्तरीय विशेषज्ञ स्वाथ्य सेवा पाउनु खुसीकाे कुरा भएकाे बताए। उनले पोलिक्लिनिककाे उत्तरोत्तर प्रगतिको शुभकामना समेत ब्यक्त गर्दै चिकित्सकहरुको मनोबल बढाउदै अस्पताललाई सरल र सहज वातावरण बनाएर सेवा दिनुपर्ने बताए ।
कार्यक्रममा वडा अध्यक्ष बिष्णु भक्त पौडेल, कृषि बिकास बैंकका प्रवन्धक हरि प्रसाद पौडेल लगायत समाज सेविहरु मदन कुमार न्यौपाने, रामचन्द्र पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *