May 16, 2022

तनहुँ– काेराेना भाइरसकाे जाेखिम नियन्त्रणका लागि तनहुँ प्रहरीले शुरू गरेकाे कारर्वाही अभियान अन्तर्गत शनिवार सय जनालाइ कारर्वाही गरेकाे छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँकाे सक्रियतामा शनिवार दमाैलीमा गरिएकाे चेकजाँचकाे क्रममा मास्क प्रयोग नगर्ने सयलाइ कारर्वाही गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

माक्स प्रयोग नगरी हिड्ने सय जनालाई प्रतिव्यक्ती रु. १००।- का दरले जरिवाना गरी कोरोना भाईरसको बारेमा जानकारी समेत गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए ।

तनहुँमा बुधबारदेखी प्रहरीले मास्क प्रयोग नगर्नेलाइ कारर्वाही गर्ने अभियान शुरू गरेकाेमा शनिवार सम्म ३ सय ३० जनालाइ कारर्वाही गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published.

Holler Box