प्रदेश सरकारबाट प्रदेश प्रहरीलाइ मोटर र माेटरसाइकल

Byखवरबाटिका

१८ श्रावण २०७७, आईतवार १५:०० १८ श्रावण २०७७, आईतवार १५:०० १८ श्रावण २०७७, आईतवार १५:००

कास्की – गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरीलाई सवारी साधान प्रदान गरेकाे छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले अाइतबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक घनश्याम अर्याललाइ सवारी साधान हस्तान्तरण गरेका हुन ।

आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई ४ थान पिकअप भ्यान र २८ थान मोटरसाईकल उपलब्ध गराएको हो । प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्ने उद्देश्य अनुसार प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाइ सवारी साधन उपलब्ध गराएकाे मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *