देउवाको दम्भ

Byखवरबाटिका

२० श्रावण २०७७, मंगलवार १२:३९ २० श्रावण २०७७, मंगलवार १२:३९ २० श्रावण २०७७, मंगलवार १२:३९

शैलेन्द्र मिश्र

यति बेला नेपालकै सबैभन्दा पुरानो प्रजातान्त्रीक पार्टी नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा छ । कोरोनाको प्रभाव र देशमा कुनै ठुलो घट्ना दुर्घटना नभएको २०७७ साल फागनु ७ गते देखी राजधानी काठमाण्डौमा १४ औं महाधिवेशनको रौनक छाउने छ । संघियता पछिको पहिलो महाधिवेशन भएकाले नेपाली कांग्रेसले आफ्नो विधानलाई महासमितिको बैठकबाट संसोधन गरी संघिय ढाँचामा पार्टीको महाधिवेशन गर्दै छ ।


१४ औँ महाधिवेशनको तयारी अन्तर्गत अहिले कांग्रेस कृयाशिल सदस्यलाई नबिकरण तथा नयाँ कृयाशिल सदस्यता वितरणका कार्यलाई व्यापक रुपमा अगाडी बढाई रहेको छ । पार्टीको सबैभन्दा तल्लो निकाय भनेकै कृयाशिल सदस्यहरु हो । तिनै कृयाशिल सदस्यहरुबाट छनोट भएर आएका क्षेत्रिय प्रतिनिधिहरुले प्रदेश संरचना अन्तर्गत पालिका, क्षेत्र तथा जिल्लाको नयाँ नेतृत्व छान्ने मात्रै नभई तिनै क्षेत्रिय प्रतिनिधिबाट नै प्रदेश समिति र केन्द्रमा केन्द्रीय पदाधिकारी सहितको केन्द्रीय समितिलाई भोट हाल्ने महाधिवेशन महासमिति तथा महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले यो प्रजातान्त्रीक प्रकृयामा सबै भन्दा तल्लो तहमा रहर काम गर्ने कृयाशिल सदस्यहरुको भुमिका महत्वपुर्ण हुन्छ ।


महाधिवेशनको यस्तो महत्वपुर्ण समयमा सानातिना विवाद नेपाली कांग्रेसमा नभएको विरलै होला । यसलाई निरन्तरर्ता दिनै काम अहिलका सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। १३ औँ महाधिवेशनमा निर्वाचित भए संगै गुटउपगुटलाई अन्त्य गर्दै अगाडी बढ्ने भात्रृ तथा सुवेच्छुक संस्थाको महाधिवशेनलाई नियमित बनाउने लगायतका प्रतिवद्धताहरु निर्वाचित भएको १ वर्षमा नै देउवाले उल्लघन गर्दै अगाडी बढिरहे ।


यो ६ वर्षको विचमा एक पटक नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ सहित केही भुमिका विहिन भातृ तथा सुवेच्छुक संस्थाहरुको निर्वाचन गराउनु बाहेक देउवा कार्याकालमा खासैै उल्लेखनिय काम हुन पाएन । पार्टी संसदिय निर्वाचनमा नराम्रो संग पराजय भोग्नु भयो । पराजयको समिक्षा राम्रो संग समेत गर्न चाहेन देउवा, स्थानिय चुनावमा भरतपुर काण्ड एउटा कालो धब्बाका रुपमा कांग्रेसको इतिहासमा सधै रहिरहने गरी संझौता गरे ।
पछिल्लो समयमा राष्टिूय प्रजातन्त्र पार्टीका संस्थापक सुर्यबहादुर थापाका छोरा सुनिल थापा लाई पार्टीमा भित्राएर सहमहामन्त्री पद दिने भन्ने तिर लागेका छन् । जुन पार्टी तत्कालिन नेपाली कांग्रेसका संस्थापक वी.पी कोइराललाई फाँसि दिनु पर्छ भन्ने पार्टीको महत्वपुर्ण पदमा रहेर काम गरेर व्यक्ति हुन् । सुनिल थापा र तत्कालि लोकतान्त्रीक फोरमबाट कांग्रेसमा पुनं भित्रिएका विजयकुमार गच्छेदारका समुहलाई सामुहिक रुपमा कृयाशिल सदस्यता प्रदान गर्ने निर्णयले कांग्रेस प्रति आस्थावान सबैलाई निराश बनाएको छ । कृयाशिल सदस्य भनेको एउटा पुर्ण रुपमा पार्टीमा प्रतिवद्ध कार्यकर्ता हो जो पार्टीको राष्टिूयता,प्रजातन्त्र र समाजबाद प्राप्तीका निम्ति पार्टीको निर्देशनमा जस्तोसुकै आन्दोलन तथा विद्रोहमा सामेल हुने भन्ने हो । हिजो पार्टी प्रवेश गरेका कांग्रेसको चार तारे झण्डालाई राम्रो संग समेत नबुझेका ति व्यक्तिहरुलाई कृयाशिल सदस्य दिएर नेतृत्वमा पु¥याउने हो भने पार्टीका नाममा आफ्नो जिवन सर्मपण गरेका कांग्रेसजनहरुमा कस्तो खालको प्रभाव पर्ला । पार्टीमा अन्य दल संग आवद्ध नेता कार्याकर्ता भित्राउने कुरा अति नै राम्रो विषय हो जसले जनतामाझ पार्टीको लोकप्रयिता मापन गर्न सघाउछ । त्यसो भन्दै गर्दा अन्यपार्टीबाट भित्रिएकालाई निश्चत मापदण्ड पुरा गराई पार्टीको मुल पदमा ल्याउनको साथै अधिवेशनलाई नै प्रभाव पर्ने गरी गरिएको यो हर्कतले सभापतिलाई पुनं पद लोलुपता पलाएको भन्ने बुभ्mन सकिन्छ ।


महाधिवेशनको ६ महिना भित्र विभागहरुलाई पुर्णता दिनु पर्ने पार्टीको विधानमा नै रहेको नियमलाई आर्को महाधिवेशनको मिति घोषणा भएर तयारी तिब्र बनाई रहेको बेला विभागहरु गठन गरेर सभापति देउवाले पार्टीकै विधानलाई लत्याउने काम गरेका छन् । यो ५ वर्षको अवधिमा भातृ तथा सुवेच्छुक संस्थाको निर्वाचन तथा विभागहरु गठन प्रकृयामा यति शक्तिशालि सभापतिलाई कस्ले छेक्यो यो प्रश्न लिएर आगामी निर्वाचनमा कृयाशिल सदस्य सम्म जानु पर्ने बेला आएको छ ।

अर्को कुरा १३ औँ महाधिवेशनको संघारमा तत्कालिन सभापति शुसिल कोइरालको निधन भएको थियो , १३ औँ महाधिवेशन घोषणा हुन १ वर्ष अगाडी स्वर्गिय कोइरालाले गठन गरेको जेष्ठ राजनितिज्ञ सभाबाट महाधिवेशन मा प्रतिनिधित्व पाउने महाधिवेशन प्रतिनिधिहरुलाई देउवाले मान्य नहुने भन्दै अधिवेशनको मतदानको लाईनमा बसेका प्रजातन्त्र सेनानीहरुलाई अपमानपुर्वक निस्कान गरेका थिए । उनको यस्तै हर्कताका कारण नै पार्टी सभापति हत्याउन सफल भएका देउवा अहिले निर्वाचन कार्यतालिका सार्वजनिक भएर धमाधम अधिवेशन चरण मा रहेका बेला गठन भएका विभागलाई अरुलाई मान्य हुने कि नहुने ।


प्रजातन्त्र हुदै लोकतान्त्रीक गणतन्त्रलाई स्विर्कार गरेको नेपाली कांग्रेसका सभापति आफै गैर लोकतान्त्रीक चरित्र देखादै छन् । यस्तो गैर लोकतान्त्रीक चरित्र मात्रै नभएर आफ्नौ पार्टीको विधान नमान्ने देउवा आगामी १४ औँ महाधिवेशनमा सभापति पदमा पुनं देउवाले नै दोहो¥याउने मनसाय व्यक्ति गरिरेका बेला सभापति पदमा देउवालाई नै जिताउनु भनेको कांग्रेसमा अझै अस्थिरता निम्त्याउनु भएकाले अवको अग्नी परिक्षा भनेको महासमिति तथा महाधिवेन प्रतिनिधिहरुको हातमा रहेको छ । आशा छ ति महासमिति तथा महाधिवेन प्रतिनिधिहरुले गम्भिर भएर पार्टीको लागि सोच्दै स्वविवेक प्रयोग गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *