May 22, 2022
सांकेतिक तस्बिर

तनहुँ – अबैध रूपमा भरूवा बन्दुक प्रयोग गर्दै अाएका एक जनालाइ तनहुँ प्रहरीले नियन्त्रणमा लिएकाे छ । तनहुँको भानु नगरपालिका वडा नं. ३ तुर्लुङकोटका ६७ बर्षिय राम भन्ने सन्त बहादुर तामाङलाइ प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनकाे घरमा अवैध रुपमा काठको बट भएको एकनाले भरुवा बन्दुक र ५०० ग्राम बारूद्धकाे रूपमा प्रयोग गरिने कालो धुलो बरामद गरिएकाे ईलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले बताए । सुचनाकाे अाधारमा श्रेष्ठकाे नेतृत्वमा गएकाे टोलिले सम्बन्धित घर वतनमा गई खोजतलास गर्ने क्रममा निजले लुकाई छिपाई राखेको अवस्थामा  भरुवा बन्दुक फेला परेको कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका तामाङलाइ हातहतियार खरखजना मुद्धामा बुधबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान गरिरहेकाे प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.