मृगाैला बिरामी राजु श्रेष्ठलाई तनहुँ समाज अस्ट्रेलियाको सहयोग

अष्ट्रेलिया– दुबै मृगाैलामा समस्या भएपछि उपचार गराउँदै रहेका तनहुँका पुराना भिडियोग्राफर राजु श्रेष्ठलाई तनहुँ समाज अस्ट्रेलियाले अार्थिक सहयोग गरेकाे छ । अष्ट्रेलियामा बस्दै अाएका तनहुँ बासी र अन्य महानुभावबाट संकलित १ लाख ८१ हजार ४ सय ५ रूपैया बिहीबार मृगाैला बिरामी श्रेष्ठलाइ हस्तान्तरण गरिएकाे हाे ।

संकलित रकम दमाैलीका युवा लक्ष्मीभक्त खनालले श्रेष्ठकाे घरमै पुगी श्रेष्ठलाइ हस्तान्तरण गरेका हुन । हाल अस्ट्रेलिया रहेका विद्यार्थी तथा व्यबसायिक नेपाली नागरिकको सहयोगमा तनहुँ समाज अस्ट्रेलियाले उक्त सहयाेग रकम संकलन गरेको समाजका अध्यक्ष दिनेश खनालले जानकारी दिए ।

मृगाैला बिरामी राजु श्रेष्ठकाे जीवन रक्षाका लागि मृगाैला प्रत्याराेपण गर्नुपर्ने बारेमा समाचार अाएसंगै सहयोगको लागि अभियान संचालन गरेकाे तनहुँ समाज अस्ट्रेलियाका महासचिव सुर्य खनालले बताए।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button