चितुवा आक्रमणबाट १८ महिने शिशुकाे मृत्यु

Byखवरबाटिका

२२ श्रावण २०७७, बिहीबार ०९:१६ २२ श्रावण २०७७, बिहीबार ०९:१६ २२ श्रावण २०७७, बिहीबार ०९:१६
सांकेतिक तस्बिर

शुक्लागण्डकी– चितुवाकाे आक्रमणबाट गएराती तनहुँमा एक बालककाे ज्यान गएकाे छ । शुक्लागण्डकी नगरपालिका वडा नं. २ मस्हार निवासी बिषणु कुमार रानाकाे १८ महिनाकाे छोरा राेहन रानाकाे चितुवाकाे आक्रमणबाट ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

घरकाे पीढिबाट चितुवाले लिएर गएकाेमा राेहनकाे टाउँकाे र हातकाे पञ्जा घरदेखी ५ सय मिटर उतरको खाेचमा फेला परेकाे प्रहरीले जनाएकाे छ । पछिल्लाे झण्डै २ बर्षकाे अवधीमा तनहुँमा चितुवाकाे आक्रमणबाट ९ जनाले ज्यान गुमाइ सकेका छन भने ३ जना घाइते भएकाे डिभिजन वन कार्यालय तनहुँका सुचना अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

बन्यजन्तुहुने क्षतीकाे राहत निर्देशिका अनुसार बन्यजन्तुकाे अाक्रमणबाट ज्यान गुमाउनेलाइ १० लाख रूपैया राहत र घाइतेकाे उपचारमा बढिमा २ लाख रूपैया सम्म राहत दिने व्यवस्था रहेकाे उप्रेतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *