व्यास नगरपालिका भित्रका ८१ काे स्वाब संकलन

तनहुँ– व्यास नगरपालिका क्षेत्र भित्रका ८१ जनाकाे शुक्रबार स्वाब परिक्षणका लागि लिइएकाे छ । काेराेना भाइरसकाे जाेखिम न्यूनीकरणका लागि स्वास्थ्य कार्यालय तनहुँले विभिन्न पेशामा अाबद्ध मानिसकाे स्वाब परिक्षणका लागि स्वाबको नमुना संकलन गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मातहतका प्रहरी, मालपोत कार्यालयका कर्मचारी , नापी कार्यालयका कर्मचारी, बैक तथा बित्तिय संस्थाका कर्मचारी, सैलुन व्यवसायी, माेटर वर्कसप, डिपाटमेण्ट स्टोर, रेक्सा, म्याजिक तथा बस चालक लगायतकाे स्वाब परिक्षणका लागि लिइएकाे स्वास्थ्य अधिकारी शंकरबाबु अधिकारीले जानकारी दिए ।

प्रतिनिधी मुलक रूपमा कोरोना भाइरसकाे उच्च जाेखिम रहन सक्ने क्षेत्रलाइ अाधार मानेर मानिसहरूकाे स्वाब संकलन गरिएकाे उनले बताए । यस अघि बिहीबार व्यास नगरपालिकाले पनि ४५ जनाको स्वाव परिक्षणका लागि संकलन गरेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close