तनहुँ आइसोलेशनमा ८ मात्रै संक्रमित, १७६ निकाे भएर फर्किए

Byखवरबाटिका

२४ श्रावण २०७७, शनिबार २२:४१ २४ श्रावण २०७७, शनिबार २२:४१ २४ श्रावण २०७७, शनिबार २२:४१

दमाैली – तनहुँ जिल्लामा संचालित आइसोलेसनमा ८ जना मात्र कोरोना संक्रमित उपचारर्थ रहेका छन् । जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा रहेका ४ कोरोना संक्रमितको शनिवार रिर्पाेट नेगेटिभ आएपछि संक्रमितको संख्या घटेको हो ।
शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा ५ र बन्दीपुर अस्पतालको आइसोलेशनमा ३ गरी जिल्लामा ८ जना मात्र कोरोना संक्रमण देखिएका व्यक्ति रहेको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएका तनहुँ जिल्लाका १ सय ८४ जना मध्ये १ सय ७६ जना उपचार पश्चात निको भएर घर फर्किएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा १ सय ८ जनालाई क्वारेन्टिइनमा राखिएको छ । केही वडाले भारत र अन्य मुलुकबाट आएका वडाबासीलाई होम क्वारेन्टिनमा राखेर निगरानी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *