पोर्चुगलमा बस्ने दमौलीका युवाबाट दुई मृगौला बिरामीलाई आर्थिक सहयोग

Byखवरबाटिका

२५ श्रावण २०७७, आईतवार १९:४६ २५ श्रावण २०७७, आईतवार १९:४६ २५ श्रावण २०७७, आईतवार १९:४६

तनहुँ –
तनहुँको दमौली घर भई पोर्चुगलमा बस्दै आएका तनहुँका युवाहरुको समुहले दुई मृगौला बिरामीलाई आर्थिक सहयोग गरेका छन्। सुबास गुरुङको संयोजनमा पोर्चुगलमा रहेका दमौलीका युवाहरुबाट संकलित ४५ हजार ३ सय ७० रुपैया दमौलीका रामलाल श्रेष्ठलाई ३० हजार ३ सय ७० र दमौली घर भई चितवन बस्दै आएका राजु श्रेष्ठलाई १५ हजार रुपैया प्रदान गरिएको हो ।
दमौलीका मृगौला बिरामी राम लाल श्रेष्ठलाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले रकम हस्तान्तरण गरेकी हुन । बोल्डलिंक इन्टरनेटमा कार्यरत मृगौला बिरामी राम लाल श्रेष्ठका छोरा सुबास श्रेष्ठको केही दिन अघि कामको शिलशिलामा करेण्ट लागेर ज्यान गएको थियो ।

दमौलीका मृगौला बिरामी राम लाल श्रेष्ठलाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती ।


दमौली स्थायी घर भई बैदेशिक रोजगारीको शिलशिलामा पोर्चुगलमा बस्दै आएका सुबास गुरुङ, सुभाष गुरुङ, रमेश पुरी, बिशाल थापा, राज गुरुङ, खेम गुरुङ, निकेश सुनार, जनक थापा, मदन श्रेष्ठ, सन्तोष श्रेष्ठ, दर्शन मगर, खिम दरै, रबि श्रेष्ठ, स्टेभ केशी, अनिल पुलामी मगर लगायतका युवाहरुबाट संकलित उक्त रकम पत्रकार समुन्द्र पौडेलको स्थानीय सहजीकरणमा दुबै मृगौला बिरामीलाई प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *